प्रधानमन्त्रीको कार्यक्रममा भएको भेदभावप्रति गायक बालासुब्रमण्यम दुःखी

Agency

दक्षिण भारतका स्टार रामचरणकी श्रीमति उपासना र खुश्बु सुन्दरपछि गायक एसपी बालासुब्रमण्यमले पनि फेसबुकमा एउटा स्टाट्स पोस्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ना जाँदा भएको खराब व्यवहारप्रति दुःख प्रकट गरेका छन्।

उनले महात्मा गान्धीको १ सय ५० औं जन्म जयन्ती मनाउने क्रममा आफूमाथि भएको भेदभावको दुःखेसो पोखेका हुन्।

‘१ सय ५० इयर्स अफ सेलिब्रेटिङ द महात्मा’ कार्यक्रममा प्रधानमन्त्रीलाई भेट्न जाँदा सुरक्षाकर्मीले उनलाई फोन लैजान दिएका थिएनन्। तर, भित्र अन्य चलचित्रकर्मीहरू मज्जाले प्रधानमन्त्रीसँग सेल्फी लिइरहेका थिए।

एसपीले भनेका छन्,‘म रामोजी रावजी इनाडुप्रति धन्यबाद ज्ञापन गर्न चाहन्छु। उनको कारण २९ अक्टुबरमा प्रधानमन्त्री मोदीबाट उनको घरमा आयोजित समारोहमा जाने अवसर पाए। परिषर्मा पुग्नै लाग्दा सुरक्षाकर्मीले फोन छोड्न आदेश दिए। तर, म त्यति बेला अवाक भए, जब अन्य कलाकार प्रधानमन्त्रीसँग सेल्फी लिइरहेका थिए।’

महात्मा गान्धीको जन्म जयन्तीमा मोदीले भारतीय कलाकारलाई निमन्त्रणा गरेका थिए। उनले यो अवसरमा गान्धीवाद माथि फिल्म बनाउन अपीलसमेत गरेका थिए। कार्यक्रममा राजकुमार हिरानी, कंगना रनौत, ज्याकलिन फर्नान्डीज, इम्तियाज अली, एकता कपुर, अनुराग बसु, बोनी कपुर, ज्याकी श्राफ र सनी देओललगायतका कलाकार समावेश थिए।

प्रकाशित मिति: : 2019-11-04 07:49:41

प्रतिकृया दिनुहोस्