सलमानको फिल्ममा नेपाली ‘राते काँइला’ देखिदै

फाइल तस्बिर:बिएल

नेपाली चलचित्र क्षेत्रमा ‘राते काँइला’ उपनामले परिचित कलाकार सुनिल थापा अब बलिउडका चर्चित अभिनेता सलमान खानसँग काम गर्ने भएका छन् ।

‘क्वाथा’ नामक चलचित्रमा सुनिलले काम गर्ने चर्चा चलेको छ । सुनिलका अनुसार सलमानसँग पनि यो बिषयमा कुरा भइसकेको छ । उनले भने 'मौखिक रुपमा हामी काम गर्ने बिषयमा पक्का छौ । तर, लिखित सहमती भैसकेको छैन ।’

 यो चलचित्रलाई करण भुटानीले निर्देशन गर्दैछन् । यही चलचित्रबाट नायिका कट्रिना कैफ कीबहिनी इसाबेल बलिउडमा प्रवेश गर्दैछिन् ।

डिसेम्बरमा चलचित्रको छायांकन सुरु हुनेछ ।

५ बर्ष अगाडि उनले नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’मा काम गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-03 15:31:05

प्रतिकृया दिनुहोस्