शाहरुखको जन्मदिनमा सलमानको विशेष भिडियो

Agency

बलिउड सुपरस्टार शाहरुख खान आज ५४ वर्षका भए। उनलाई विश्वभरिबाट जन्मदिनको शुभकामना दिनेको आइरो लागेको छ। अन्तर्राष्ट्रिय सेलिब्रिटीदेखि घरपरिवारका सबैले शाहरुखलाई शुभकामना दिइरहेका छन्।

यसमा बलिउडका अर्का खान सलमानले पनि शुभकामना दिएका छन्। तर, उनको शुभकामना दिने अन्दाज बेग्लै थियो।

सलमानले आफ्नो सोसल मिडियामा भिडियो नै पोस्ट गरेर शाहरुखलाई शुभकामना दिएका छन्। उनले भिडियोमा शाहरुखले आफ्नो फोन नउठाएको ठट्टासमेत गरेका छन्।

इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा सलमानले भनेका छन्– शाहरुख मैले तिमीलाई फोन गरेको थियो। उठाएको भए हुन्थ्यो।

भिडियोमा सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डेज, डेजी शाह, आयुष शर्मा, सोहेल खान पनि देखा परेका छन्। सलमानले फोनको कुरा उप्काउँदा अरुले गलत कुरा, गलत कुरा भनेर ठट्टा गरेका छन्।

शाहरुखको जन्मदिनमा विश्वको ठूलो टावर बुर्ज खलिफामा विशेष बत्तिको व्यवस्था गरिएको थियो।

 

प्रकाशित मिति: : 2019-11-03 10:52:23

प्रतिकृया दिनुहोस्