चिसो धुलिखेल कन्सर्टको रौनकले तातियो

बिएल

शारीरिक रुपमा असक्त दृष्टीविहीन युवालाई कलाकार बनाउने उद्देश्यले शनिबार धुलिखेलमा कन्सर्टको आयोजना भयो।

स्थानीय धुलिखेलको रमाइलो छत्रछाँया मुनि क्लबले आयोजना गरेको कार्यक्रममा बाहिरबाट आएका कलाकारले माहौल तताए। शनिबार बर्षाका कारण चिसो भएको मौसममा राष्ट्रिय ब्याण्ड ‘कबवेभ’, ‘दि एक्ट’ ले आफ्नो संगीतको जादु छरे।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

स्थानीय ‘इलेक्ट्रिक एयर’ र ‘दि सफ्ट टोन्स’ को गीतमा पनि दर्शकहरू झुमेका थिए। जर्मनीबाट आएको ‘दि नर्ट एन्ड ब्यान्ड’ को प्रस्तुतिले कन्सर्टमा रौनक थपिएको थियो।

कन्सर्टको उद्देश्य धुलिखेलको सञ्जीवनी स्कुलका दृष्टीविहिन विधार्थीलाई कलाकार बनाउने उद्देश्यले पैसा संकलन गर्न गरिएको क्लबका अध्यक्ष श्रेयबिक्रम ब्याञ्जुले जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-14 19:04:03

प्रतिकृया दिनुहोस्