अमेरिकामा मुक्तक प्रतिष्ठान

तस्बिरः बिएल

नेपालमा मुक्तक साहित्य प्रवर्धन गर्दै आएको मुक्तक प्रतिष्ठान नेपालले स्वदेश तथा विदेशमा शाखा विस्तार गर्ने क्रम बढाएको छ। उसले भर्खरै न्यूर्योकमा अमेरिका शाखा गठनसँगै ‘मुक्तक मेला’ आयोजना गरेको छ ।

कवि आनन्द श्रेष्ठको अध्यक्षतामा गठित अमेरिका शाखाको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः किसनसिंह धामी, ज्योतिकुमार श्रेष्ठ र अच्युत सिग्देल छन् । त्यस्तै सदस्यहरूमा पद्मा लिंखा मगर, सिर्जना शर्मा, रश्मी भट्ट, जानुका वस्ती ढकाल, पुष्पराज उपाध्याय, लक्ष्मी श्रेष्ठ, शान्ता घिमिरे अधिकारी र कुन्ति थापा भएको प्रतिष्ठानले जनाएको छ ।

कार्यवाहक नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा आयोजना गरिएको मुक्तक मेलामा प्रतिष्ठानका महासचिव रमेश पौडेल, आनन्द श्रेष्ठ, विजया सिम्खडा, विनोद रोक्का, डा.गोविन्द कोइराला, शान्ता अधिकारी घिमिरे, पद्मा लिंखा मगर, रश्मी भट्ट, अच्युत सिग्देल, ज्योति कुमार श्रेष्ठ, कुन्ती थापा, व्याकुल पाठक, लक्ष्मी श्रेष्ठ, किशन सिंह धामी, बद्री पौडेल, पूनम काफ्ले, ज्योति पौडेल, पुष्पा अधिकारी, कमला प्रसाई, पुष्पराज उपाध्याय, पुरूषोत्तम पन्थी, सौरभ कारञ्जित, बनिता कतिला, शारदा क्षेत्री, डा. तारा निरौला, कविन विक्रम शाह, जानुका वस्ती ढकाल, नदिया लिवाङ्ग, सिर्जना शर्मा लगायतले मुक्तक वाचन गरेका थिए ।

कार्यक्रममा महावाणिज्यदूत भट्टराई, महासचिव पौडेल, डा. तारा निरौला, डा. मधु माधुर्य, शैलेस श्रेष्ठ आदिले मुक्तकको महत्वमाथि प्रकाश पारेका थिए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेका अनुसार विसं २०७० सालमा स्थापित प्रतिष्ठान निरन्तर मुक्तकको उन्नयनमा समर्पित छ । अमेरिका शाखा खोल्नु अघि यसले मलेसिया, दक्षिण कोरिया, इजरायल र बेलायतमा शाखा खोलिसकेको थियो । त्यस्तै नेपालमा प्रदेश नं १ मा पनि शाखा खोलिसकेको छ ।

शाखा विस्तारको क्रमलाई निरन्तरता दिइने कोने बताउँछन् ।

प्रकाशित मिति: : 2019-09-12 14:49:15

प्रतिकृया दिनुहोस्