वेन डिजलको फिल्ममा सुटिङ गर्ने क्रममा ३० फिटबाट झरेर वाट्स ‘कोमा’ मा

Agency

‘फास्ट एन्ड फ्युरियस–९’ मा हलिउड स्टार वेन डिजलको स्टन्टका रुपमा परिचित जो वाट्स स्टन्ट गर्ने क्रममा ३० फिट माथिबाट लडेर ‘कोमा’ मा पुगेका छन्।
उनको लन्डनस्थित रोयल लन्डन अस्पतालमा उपचार भइरहेको छ।

गत सोमबार दिउँसो लन्डनदेखि उत्तरपश्चिममा पर्ने लिब्सडेनस्थित वानर्स ब्रदर्शको स्टुडियोमा फिल्मको सुटिङ गर्ने क्रममा घटना भएको थियो।

उनले लगाएको ‘सेफ्टी केबल’ टुटेपछि माथिबाट झरेका थिए। उनको टाउकोमा चोट लागेको बताइएको छ।

घटनाको केही समयपछि डिजल सुटिङ भएको ठाउँमा पुगेका थिए। उनी यो घटनाका कारण स्तब्ध भएको बताइएको छ।

वेन डिजलको फिल्ममा यस्तो घटना भएको यो पहिलो मौका होइन। यसअघि पनि २००२ मा हेरी ओ कोनर पनि यस्तै घटनाको शिकार भएका थिए।

मिशेल रोड्रिग्रेज, हेलेन मिरेन, चार्लिज थेरोन र जोन सिना अभिनित यो फिल्म अघिल्लो वर्ष रिलिज हुने बताइएको थियो।

वाट्स अनुभवी स्टन्ट मास्टर्स हुन्। उनले ‘गेम अफ थ्रोन्स’, स्टार वारर्सः द लास्ट जेडी’, ‘मिसन इम्पोसिबल–फलआउट’ र ‘द गोल्डेन सर्कल’ मा स्टन्ड गरिसकेका छन्।

 

 

प्रकाशित मिति: : 2019-07-24 09:27:39

प्रतिकृया दिनुहोस्