नायिका साम्राज्ञीको हर्कत : 'हट अवतार'कि 'असामान्य मानसिकता' को उपज ?

नेपाली चलचित्रकी नायिका साम्राज्ञी शाहको हटअवतारले नेपाली पेज थ्री जर्नाजिम्म र त्यसको आउटलेट सामाजिक सञ्जाल खासगरी फेसबुक तातेको छ । युट्युव अरू बढी तातेको छ । 

कुनै समय अर्की नायिका नम्रता श्रेष्ठको सेक्स टेप सार्वजनिक ुहँदा जति तातेको थियो नेपाली पेज थ्री, अहिले त्योभन्दा बढी तातेको छ । यद्यपि साम्राज्ञीको हट अवतार सेक्स टेप जतिको त चाँहि छैन तर लगभग उस्तै छ भन्दा हुन्छ । धेरै तात्नुको कारण अहिले  जमाना नै सामाजिक सञ्जाल र युट्युवको छ ।

साम्राज्ञी र उनका केटासाथी देवान राणाको इन्डोनेसियाको कुनै समुद्री किनाराको यो हट अवतारलाई लिएर बहस हुनु स्वभाविक हो । उनका पक्षधरहरूले समुद्री किनारामा यस्तै पहिरन हुन्छ र केटासाथीसँग यस्तो हुनु स्वभाविक हो भनिरहेका छन्  । कतिपयले यसलाई उनको निजी जीवन पनि भनेका छन् ।

 

तर, विपक्षमा तर्क गर्नेहरू भनिरहेका छन्- हो, समुद्री किनारामा यस्तै हुन्छ,जसलाई पनि थाहा छ नि । तर यसको फोटो खिचाएर सार्वजनिक गरिदैन । अझ ओछ्यानमा त योभन्दा पनि बढी हुन्छ, त्यो पनि फोटो खिचेर सार्वजनकि गरिदैन । उनी सेलिब्रेटी हुन् त्यसैले सेलिब्रेटीको सार्वजनिक जीवन लगभग हुदैन, भए पनि कम हुन्छ ।

यी दुबै तर्कहरू तर्कका लागि तर्क हुन् । यस्ता हर्कते फोटो आउँदा पक्ष र विपक्षमा सधैंभरि यस्तै बहस हुन्छ । तर, नांगिनु र सार्वजनिस्थलमा सार्वजनिक जीवन भएकाहरूले यस्तो हर्कत गरिनु सभ्यता हैन । सभ्य मानिसले यस्तो हर्कत गरेर फोटो खिचाएर सार्वजनिक गर्न सक्दैन ।

केही हर्कते पेजथ्रीहरूलाई यो वाह लागेको हुन सक्छ, त्यो उनीहरूको सनी लियोनी मानसिकताको उपज हो ।  तर, राज्यको चौथो अंगको सदस्य हुँ भन्नहेरूले यस्तो हर्कतको प्रवर्द्धन गर्न सक्दैन ।

प्रश्न निजी जीवन र सार्वजनिक जीवनको हुँदै होइन, आफू कति सभ्य र सामाजिक भएर प्रस्तुत हुने भन्ने हो । 

साम्राज्ञीले गरेको यो हर्कत जो कोही सामान्य मानिसका लागि असामान्य नै हो । यदि कसैलाई सामान्य लाग्छ भने त्यो चाँहि असामान्य हो ।

 

 

प्रकाशित मिति: : 2019-07-21 18:44:09

प्रतिकृया दिनुहोस्