प्रभासको एक्सन फिल्म ‘साहो’ को रिलिज ३० अगस्टमा

Agency

बाहुबली स्टार प्रभासको एक्सन फिल्म ‘साहो’ को रिलिज ३० अगस्टमा हुने निश्चित भएको छ।

बाहुबलीपछि केही समय ब्रेक लिएका आभासको यो फिल्मलाई लिएर उनको समर्थकहरू निकै उत्साही छन्। फिल्मका निर्देशकले ट्वीट गर्दै ‘साहो’ को प्रदर्शन हुने मिति सार्वजनिक गरेका हुन्।

युभी क्रिएसनले निर्माण गरेको यो फिल्मको ‘क्वालिटी’ र ‘कन्टेन्ट’ मा कुनै सम्झौता नगरेको बताइएको छ।

साहोको रिलिज पहिले १५ अगस्टमा गर्ने भनिएको थियो। तर, अक्षय कुमार अभिनित मिशन मंगल र जोन अब्राहमको बाटला हाउसका कारण फिल्मको रिलिजलाई केही समयका लागि पछि सारिएको हो।

‘साहो’ मा आभाससँग श्रद्धा कपुरले पनि अभिनय गरेकी छिन्। श्रद्धाको अर्को फिल्म ‘छिछोरे’ पनि ३० अगस्टमै रिलिज हुँदैछ।

 

प्रकाशित मिति: : 2019-07-20 10:01:55

प्रतिकृया दिनुहोस्