कमेडियन कपिल शर्माकाे घरमा आगलागी

Agency

भारतका चर्चित कमेडियन कपिल शर्माको घरमा बिहीबार दिउँसो आगो लागेको छ। मुम्बईस्थित उनको साततले ओशिवारा बिल्डिङको चौथो तलामा आगो लागेपछि स्थानीयले दमकल बोलाएका थिए।

दमकल मौकामा आएका कारण खासै नोक्सानी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एक रिपोर्टका अनुसार उनको भान्सामा आगो लागेको थियो। तर, के कारणले लागेको हो, स्पष्ट भएको छैन।

आगोलाई नियन्त्रणमा लिन आधा घण्टा लागेको थियो। उनी हाल परिवारसहित ओशिवारा नजिकै अर्को घरको फ्लाटमा शरण लिन गएका छन्।

कपिल आगोको दुर्घटनामा परेको यो पहिलो घटना होइन। यसअघि २०१३ मा पनि उनको सेटमा आगो लागेको थियो। जसका कारण पुरै सेट जलेको थियो। त्यो घटनामा कपिललाई २० करोड घाटा लागेको थियो।

कपिल हाल आफ्नो हाँस्य कार्यक्रम ‘द कपिल शर्मा सो’ मा व्यस्त छन्। सोलाई सलमान खानले लगानी गरेका छन्। कपिलको एकपल्ट सो बन्द भएको थियो। दोस्रो पल्ट उनी कार्यक्रम गर्दैछन्।

कपिलले दुई वटा फिल्ममा काम गरिसकेका छन्।

 

 

प्रकाशित मिति: : 2019-07-19 13:21:40

प्रतिकृया दिनुहोस्