सुपर ३० को दुई दिनको आम्दानी ३५ करोड

Agency

ऋतिक रोशन अभिनित फिल्म सुपर ३० ले दुई दिनमा ३५ करोड रुपैयाँको बम्पर ब्यापार गरेको छ।

शुक्रबार रिलिज भएको फिल्मले विश्व व्यापी ३५ करोड कलेक्सन गरेको हो। देशभित्र मात्र २९ दशमलव ८३ करोड रुपैयाँ आम्दानी गरेको छ।

शुक्रबार फिल्मले ११ करोड ८३ लाखको व्यवसाय गरेको थियो। शनिबार १८ करोडको थप व्यापार गर्न सफल भयो।

बलिउड फिल्मका व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अमेरिकामा ६ दशमलव १८ करोड आम्दानी गरेको छ।

 

प्रकाशित मिति: : 2019-07-14 18:26:06

प्रतिकृया दिनुहोस्