समिरा रेड्डीको घरमा छोरीको आगमन

Agency

बलिउड अभिनेत्री समिरा रेड्डीले छोरीलाई जन्म दिएकी छिन्। उनले शुक्रबार ट्वीट गर्दै आफ्नो घरमा नयाँ सदस्यको आगमन भएको जानकारी दिइन्। उनले छोरीको फोटो समेत शेयर गरेकी छिन्। समिराले केहीँ दिन यतादेखि प्रेग्नेन्सीसँग जोडिएको फोटो पोस्ट गर्दै आइरहेकी थिइन।

समिराको ४ वर्षको छोरा पनि छ। ३४ वर्षीय समिराले २०१४ मा बिवाह गरेकी थिइन।

उनले सन् २००२ मा ‘मैने दिल तुझे क्यु दिया’ बाट बलिउडमा डेब्यु गरेकी थिइन।

 

प्रकाशित मिति: : 2019-07-12 18:10:35

प्रतिकृया दिनुहोस्