आदिकवि भानुलाई काठमाडौंमा सम्झिए १६ विद्यालयका विधार्थीले

तस्बिरः बिएल

आदिकवि भानुभक्त आचार्यको २ सय ६ औं जन्म जयन्तीमा आयोजित अन्तर–बिद्यालय कविता लेखन तथा वाचन कार्यक्रममा क्याम्ब्रिज पब्लिक स्कुलकी छात्रा श्रीस्ना उपाध्याय प्रथम भएकी छिन।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा लाइसियम मोडेल स्कुलकी छात्रा अनुषा ढुङेल द्धितिय, ज्ञान निकेतन स्कुलका छात्र सुशील गौतम त्रितिय तथा ग्लोबल पब्लिक स्कुलकी छात्रा समीक्षा कार्कीले सान्त्वना स्थान प्राप्त गरेकी थिइन।

रिभेरा इन्टरनेसनल एकेडेमी चाबहिलको संयोजनमा नीजि बिद्यालयहरुको संगठन (माफ) र भानु प्रतिष्ठान, काठमाडौंले संयुक्त आयोजना गरेको कार्यक्रममा विजयी विद्यार्थीलाई ३ हजार, २ हजार, १ हजार र ५ सयसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यस अवसरमा साहित्यकार रमेश शुभेच्छुले विद्यार्थीलाई कविता लेखन प्रशिक्षण दिएका थिए। कार्यक्रममा माफअन्तर्गतका १६ बिद्यालयका ३२ विद्यार्थी सहभागी थिए।

कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा.ब्रतराज आचार्य, रिभेरा इन्टरनेसनल एकेडेमीका प्राचार्य प्रज्वल कोइराला, साहित्यकारहरू प्रल्हाद पोखरेल र रुपक अलंकारको उपस्थिति थियो। शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन पत्र र नगद को साथमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथी नेपाल सरकारद्वारा कतारका लागि नेपाली राजदुत सिफारिस गरिएका डा. नारदनाथ भारद्वाजले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको कार्यक्रमको प्रसंसा गरेका थिए।

 

प्रकाशित मिति: : 2019-07-12 14:59:34

प्रतिकृया दिनुहोस्