सञ्जय दत्तकी श्रीमति पनि फिल्म निर्माणमा

Agency

बलिउड स्टार सञ्जय दत्तको श्रीमति मान्यता पनि फिल्म निर्माण गर्ने होडमा समावेश भएकी छिन्।

पछिल्लो समय बलिउडमा फिल्म निर्माणमा एकपछि अर्को गर्दै थुप्रै कलाकार समावेश भइसकेका छन्। चर्चित अभिनेत्री प्रियंका चोपडा केही समयअगाडि फिल्म निर्माणमा प्रवेश गरेकी थिइन। सञ्जय दत्तकी श्रीमति मान्यताले मराठी फिल्म बनाउन लागेकी हुन्।

उनले सञ्जयको नाममा सञ्जय एस दत्त प्रोडक्सन कम्पनी दर्ता गरेकी छिन् र सोही कम्पनीको ब्यानरमा फिल्म बन्न लागेको हो।

फिल्मको नाम ‘बाबा’ हो भने यसलाई अशोक सुधेकरले निर्देशन गर्न लागेका छन्। फिल्मको टिजर सार्वजनिक गर्दा मुख्य भूमिकामा दीपक डोबरियाल र नन्दिता पाटकर देखा पर्ने निश्चित भएको छ। फिल्म यसै वर्षको २ अक्टुबरमा रिलिज हुँदैछ।

मान्यताले नै फिल्मको टिजर आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन्।

प्रकाशित मिति: : 2019-07-09 14:45:36

प्रतिकृया दिनुहोस्