शाहिदको फिल्मले उछिन्यो सलमानको फिल्मलाई

Agency

शाहिद कपुर र कियारा आडवाणी अभिनित फिल्म ‘कबीर सिंह’ले यस वर्ष दुई ठूलो फिल्मको कीर्तिमान तोडेको छ।

‘कबीर सिंह’ ले बक्स अफिसमा २ सय करोडभन्दा बढी कमाइ गरेको बलिउड फिल्मका व्यापार विज्ञ तरण आदर्शले जानकारी दिएका छन्। ‘कबीर सिंह’ ले फिल्म सार्वजनिक भएको १३ दिनमा २ सय १३ करोड रुपैयाँ आम्दानी गरेको छ।

सलमान खानको ‘भारत’ फिल्मले १४ दिनमा २ सय करोड कमाइ गरेको थियो। यस्तै विकी कौशलको ‘उरी त सर्जिकल स्ट्राइक’ ले २८ दिनमा २ सय करोड क्लबमा प्रवेश गरेको थियो। शाहिदको यो करिअरकै सर्वाधिक हिट फिल्म हो।

प्रकाशित मिति: : 2019-07-05 14:22:28

प्रतिकृया दिनुहोस्