ऋतिक रोशनविरूद्ध मुद्धा दायर

Agency

बलिउड स्टार ऋतिक रोशनविरूद्ध झुटो आश्वाशन दिएको आरोपमा हैदराबादको एउटा अदालतमा मुद्धा दायर भएको छ।

शशिकान्त नाम गरेका ‘जिम ट्रेनी’ले हैदराबादको एक जिम कम्पनी र त्यसमा ब्रान्ड एम्बेसडर रहेका ऋतिकलाई धोका दिएको आरोपमा मुद्धा दायर गरेका हुन्।

उनले तौल घटाउन र नियमित जिम कक्षा सञ्चालन गर्न जिम हल र ऋतिक रोशन असफल भएको आरोप लगाएका छन्।

शशिकान्त कुलकात्पल्लीको शेषद्रीनगरका स्थायी बासिन्दा हुन्। उनले साइबराबादको केपिबीएच पुलिस चौकीमा २२ जुनमा पनि उजुरी दर्ता गराएका थिए। उनले आफ्नो उजुरीमा सन् २०१८ को डिसेम्बरमा आफू क्योर फिट जिममा वर्षको १७ हजार ४ सय ९० रुपैयाँ तिरेर सदस्य बनेको बताएका छन्। उनले जिम र ऋतिकको दावी पछि आफूले जिमको सदस्यता लिएको पनि बताएका छन्।

उनले आफूमात्र होइन, ऋतिकको नाम बेचेर जिमले क्षमताभन्दा बढी १८ सय मानिसलाई सदस्य बनाएको आरोप पनि लगाएका छन्।

केपिएचबी चौकीका इन्स्पेक्टर लक्ष्मी नारायणले पनि शशिकान्तले उजुरी दर्ता गराएको पुष्टी गरेका छन्।

ऋतिक हाल आफ्नो फिल्म ‘सुपर ३०’ को प्रमोशनमा छन्।

प्रकाशित मिति: : 2019-07-05 09:41:10

प्रतिकृया दिनुहोस्