सञ्जय दत्तको छोरीको इटालियन प्रेमीको निधन

Agency

बलिउड नायक सञ्जय दत्तको छोरी त्रिशला दत्तको प्रेमीको निधन भएको छ। त्रिशला इटालीका एक केटासँग सम्बन्धमा थिइन। २ जुलाई गत मंगलबार उनको निधन भएको थियो।

त्रिशलाले आफ्नो केटा साथीको निधनमा दुःख व्यक्त गर्दै सोशल मिडियामा यसको जानकारी दिएकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो मुटु छियाँ परेको छ। मलाई प्रेम गर्न र सुरक्षित राख्नका लागि धन्यबाद। तिमीले मलाई निकै खुसी दियौँ। तिमीलाई भेट्दा म आफूलाई संसारकै भाग्यमानी केटी सम्झन्थेँ। तिमी सधै म भित्र रहने छौँ।’

त्रिशलाले खुलेर कहिले पनि आफ्नो केटा साथीको विषयमा कुरा गरेकी थिइनन्। उनको नाम अहिलेसम्म सार्वजनिक भएको छैन। उनले खाली आफ्नो प्रेमी इटालीको नागरिक भएको बताउँदै आइरहेकी थिइन। उनले आफ्नो प्रेमीको फोटो सोशल मिडियामा सेयर गर्दै आइरहेकी थिइन।

त्रिशला सञ्जय दत्तको पहिलो श्रीमति रिचा शर्माको छोरी हुन्। रिचाको क्यान्सरका कारण १९९६ मा निधन भएको थियो। त्रिशलाको जन्म १९८८ मा भएको थियो। उनी अमेरिकामा मामा घरमा बसेर पढ्दै आइरहेकी थिइन।

प्रकाशित मिति: : 2019-07-04 17:42:30

प्रतिकृया दिनुहोस्