ओली सरकारका लागि पाठ नम्बर २ : नेपालमा नहुने भयो आईफा अवार्ड

ओली सरकाका लागि पाठ नम्बर २ आइफा अवार्ड । तस्बिर : फाइल/एजेन्सी

इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) गर्ने निर्णयबाट पछि हटेर ओली सरकार फेरि अर्को एकपटक हुस्सु सावित भएको छ ।  केही समयकै अघि मात्र गुठी विधेयक फिर्ता गरेर हुस्सु हुने क्रम सुरू भएको थियो ।

पार्टी भित्र र बाहिर सबैतिरबाट चर्को विरोधपछि भएपछि सरकार आइफा अवार्ड गरन् निर्णयबाट पछि हटेको हो । 

सरकारले आयोजक बनाइदिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा नहुने पुष्टि गरे । 

यसअघि सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट नेपालमा आईफा गर्ने निर्णय गरेको थियो। अवार्डका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएकोमा जनता जागेर त्यसको विरोध गरे । तर, यसपटक गुठी विधयक जस्तो सडकमा पुग्नै परेन, सामाजिक सञ्जालबाटै जनताले ओली सरकारलाई तह लगाइ दिए ।

मंगलबार मात्र संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड तत्काल रोक्न निर्देशन दिएको थियो । 

 
प्रकाशित मिति: : 2019-07-04 07:19:39

प्रतिकृया दिनुहोस्