लो–प्रोफाइलमा बस्न रुचाउँने जुहीको छोरीले पनि पुरा गरिन् स्नातक

Agency

यसै साता शाहरुख खानले सोशल मिडियाबाट आफ्नो छोरी सुहानाले स्नातकको पढाई पुरा गरेको जानकारी दिएका थिए। अहिले उनकै सह–अभिनेत्री तथा थुप्रै हिट फिल्ममा काम गरिसकेकी जुही चावलाले पनि छोरी जाहन्वीले स्नातक पुरा गरेको बताएकी छिन।

जुहीले छोरीको ‘फेयरवेल पार्टी’ को फोटो शेयर गरेकी छिन्। छोरी स्नातक भएको उपलक्ष्यमा उनले भावुक हुँदै लेखिन्, ‘जाहन्वी स्कुलको फेयरवेलमा साथीहरूसँग खुसी पनि छु, दुःखी पनि।’

जुहीले सन् १९९५ मा व्यापारी जय मेहतासँग विवाह गरेकी थिइन। उनको २ सन्तान छन्। जाहन्वी १८ वर्षकी हुन् भने छोरा अर्जुन मेहताको उमेर १६ वर्ष छ।

जुहीले आफ्नो दुवै सन्तानलाई फिल्मी संसारभन्दा बाहिर राख्दै आइरहेकी छिन्। दुवै बलिउडको कुनै पनि कार्यक्रममा देखा पर्दैनन्। जाहन्वी लेखक बन्न चाहन्छिन्।

जुहीका अनुसार उनको छोरी लो–प्रोफाइलमा बस्न रुचाउँछिन्। उनी सोशल मिडियामा पनि सक्रिय छैनन्। जान्हवी दीपिका पादुकोण र वरुण धवनको फ्यान हुन्।

जाहन्वी र अर्जुनले धीरुभाई अम्बानी अन्तर्राष्ट्रिय स्कुलबाट स्कुलको पढाई पुरा गरेका थिए। यसपछि दुवै लन्डन गएका थिए।

२०१७ मा जाहन्वीले स्कुल परीक्षामा ‘टप–१०’ मा नाम निकालेकी थिइन।

प्रकाशित मिति: : 2019-07-03 14:54:12

प्रतिकृया दिनुहोस्