जायराको निर्णयबाट आमिर दुःखी

Agency

‘दंगल गर्ल’ जायरा वासिमको फिल्मी दुनियाबाट सन्यास लिने घोषणाबाट आमिर खान खुसी नभएको श्रोतले बताएको छ।

जायरालाई हिन्दी फिल्ममा आमिर खानले नै आफ्नो फिल्म ‘दंगल’ बाट प्रवेश गराएका थिए।

उनले ‘सिक्रेट सुपरस्टार’ मा जायरालाई मुख्य भूमिका दिएका थिए। भारतीय अखबारले जनाएअनुसार आमिरले फिल्म नछोड्न जायरालाई सम्झाउने छन्।

श्रोतका अनुसार जायराले हतारमा निर्णय गरेकी हुन्। उनी अझ बच्चै छिन्। दंगलमा अभिनय गर्दा पनि उनले असहज महसुस गरेकी थिइन। तर, त्यतिबेला आमिरले उनलाई सम्हालेका थिए। गत आइतबार सोशल मिडियामार्फत जायराले फिल्म नखेल्ने घोषणा गरेकी थिइन।

प्रकाशित मिति: : 2019-07-03 14:28:12

प्रतिकृया दिनुहोस्