सोनमले भनिन्– बुवा अनिल कपुरका कारण मसँग हिरोहरू अभिनय गर्न मान्दैन्थे

Agency

बलिउड अभिनेत्री सोनम कपुरले निकै कम फिल्म खेलेकी छिन्। तर, उनी हिट फिल्म खेल्न माहिर मानिन्छिन्।

वर्षको अन्त्यमा रिलिज भएको फिल्म ‘वीरे दि वेडिङ’ बाट उनले निकै चर्चा बटुलेकी छिन्। उनले आफ्नो फिल्मी करिअरमा कुनैबेला आफूसँग अभिनेताहरूले फिल्म खेल्न नमानेको खुलासा गरेकी छिन्।

एउटा टेलिभिजन कार्यक्रममा उनले बुवा अनिल कपुरका कारण आफूसँग धेरै अभिनेताले फिल्म खेल्न नमानेको उजागर गरिन्। उनले भनिन्, ‘अनिल कपुरको छोरी भएका कारण म मुखमा चाँदीको चम्चा चुसेर जन्मिएको ठान्द्छन्। तर, त्यस्तो होइन, मैले मेरो फिल्ममा अडिसन दिएको हुन्छु।’

‘सावरिया’ फिल्मबाट डेब्यु गरेकी सोनमले भनिन्, ‘मलाई धेरैले अभिनय गर्न नआउने, खाली बुवा अनिलको छोरी भएका कारण फिल्म पाएको मान्यता राख्थे।’
सोनमले ‘आइशा’ र ‘दिल्ली ६’ का लागि आफूले अडिसन दिएकी बताइन्।

‘म बताउन सक्दिन कति गाह्रो हुन्छ भनेर। ‘खुबसुरत’ मा मसँग अभिनय गर्न कोही नमानेपछि फवाद खानलाई पाकिस्तानबाट ल्याउनु परेको थियो। यो फिल्मको सफलतापछि फवाद स्टार बने।’

सोनमले सञ्जय लीला भञ्सालीको ‘सावरिया’ मार्फत सन् २००६ मा बलिउडमा डेब्यु गरेकी थिइन। उनले निरजा, दिल्ली ६, एक लडकीको देखा तो ऐसा लगा जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन्।

 

प्रकाशित मिति: : 2019-07-01 14:08:17

प्रतिकृया दिनुहोस्