धार्मिक कारण देखाउँदै ‘दंगल गर्ल’ जायराले एक्कासी फिल्मबाट सन्यास लिइन्

तस्बिरः एजेन्सी

भारतीय फिल्मी उद्योगको चर्चित फिल्म दंगलबाट बलिउडमा करिअर सुरू गरेकी जायरा वसीमले आइतबार एक्कासी फिल्म नखेल्ने घोषणा गरेकी छिन्। ‘दंगल गर्ल’को रुपमा देश–विदेशमा चर्चा कमाएकी जायराले फेसबुक तथा अन्य सोशल मिडियामार्फत आफूले अभिनयको संसारबाट बिदा लिएको बताइन्। उनको घोषणाबाट बलिउड स्तब्ध भएको छ। उनले आफ्नो धार्मिक विश्वासलाई कायम राख्न फिल्मी जीवनबाट सन्यास लिएको बताइन्।

जायराले बलिउडमा अभिनय गर्दा थुप्रै मुस्लिम संगठनले विरोध गरेका थिए। उनलाई धम्की पनि आएको थियो। जायराले दंगलबाट सर्वश्रेष्ठ सहायक अभिनेत्रीको राष्ट्रिय पुरस्कारसमेत जितेकी थिइन। उनले फिल्मका काम गर्दा आफूलाई आनन्द नआएको र आफ्नो धार्मिक विश्वासमा ठेस लागेको बताइन्।

जायराले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘पाँच वर्ष अगाडि मैले एउटा निर्णय गरे, जसले मेरो जीवनको बाटो नै परिवर्तन गरिदियो। बलिउडमा प्रवेश गरेपछि मैले लोकप्रियता कमाए। मेरो कामको मूल्यांकन भयो। धेरै माया पाए तर यसले मलाई अज्ञानतातर्फ डोर्यायो। मैले अज्ञानतावश आफूलाई लागेको विश्वासभन्दा बाहिर निस्किएर परिवर्तन गरे। मैले यस्तो वातावरणमा काम गरे, जुन मेरो विश्वासको बर्खिलाप थियो। यसले मेरो धार्मिक भावनालाई चोट पुर्यायो।’

 

प्रकाशित मिति: : 2019-06-30 17:00:55

प्रतिकृया दिनुहोस्