करिश्माको रोजाई मानविकी, यस्तो छ एसइईको नतिजा

बिएल

४७ बर्षको उमेरमा पुनः अध्ययनमा फर्किएकी चर्चित नायिका करिश्मा मानन्धरले मानविकी विषय लिएर अध्ययन गर्ने बताएकी छिन्। स्कुलस्तरको १० कक्षाको परीक्षा ‘बी प्लस’ श्रेणीमा पास गरेकी करिश्माले ‘प्लस टु’ को अध्ययन सरकारी स्कुलबाट गर्ने बताएकी छिन्।

विहिबार २०७५ सालको एसइई परीक्षाको नतिजा सार्वजनिक हुँदा करिश्माले ३ जिपीए अंक प्राप्त गरेकी थिइन।

करिश्माको एसइई परीक्षाको नतिजा ‘ब्रेक एन लिंक्स’ ले सर्वप्रथम सार्वजनिक गरेको थियो।

‘म सरकारी स्कुलबाट प्लस टु गर्छु,’ करिश्माले ब्रेक एन लिंक्सलाई भनिन्, ‘मेरो रुचि मानविकीमा छ। त्यसैमा अध्ययन गर्छु।’

करिश्माले किशोरी उमेरमै पढाइ छोडेकी थिइन। उनी गत चैतमा एसइई परीक्षा हुँदा आफ्नो छोरीहरूको उमेरका विद्यार्थीसँग परीक्षामा समावेश भएकी थिइन।

प्रकाशित मिति: : 2019-06-28 14:49:52

प्रतिकृया दिनुहोस्