अमिताभ फेरि नयाँ रुपमा

Agency

बलिउडका महानायक अमिताभ बच्चन नयाँ रुपमा फेरि काँचको दुनियामा देखिने भएका छन्। भिन्न पात्र र भेषभूषामा अभिनय गर्न माहिर मानिने अमिताभ आफ्नो अघिल्लो फिल्म ‘गुलाबो सिताबो’ मा अर्के रुपमा देखिन लागेका हुन्।

उनको नयाँ रुप गजबको छ। भर्खरै उनले फिल्ममा देखिने आफ्नो अनुहार सार्वजनिक गरेका छन्।

उनको फिल्म ‘गुलाबो सिताबो’ को सुटिङ लखनउमा हुँदैछ। फिल्मको निर्देशक सुजित सरकार हुन्। फिल्मको प्रदर्शन २४ अप्रिल २०२० मा हुँदैछ। यस फिल्ममा अमिताभसँगै आयुष्मान खुरानाको अभिनय पनि महत्वपूर्ण छ। आयुष्मानले पहिलो पल्ट बिग बीसँग काम गर्न लागेका हुन्। उनले केही समयअगाडि नै आफूले अमिताभ बच्चनसँग फिल्म खेलन लागेको जानकारी दिँदै यसले आफूलाई उत्साही बनाएको बताएका थिए।

प्रकाशित मिति: : 2019-06-21 12:34:54

प्रतिकृया दिनुहोस्