कम्युनिष्ट सांसद कोमल वलीद्वारा गाँजा खुल्ला गर्न माग

गाँजा खुल्ला गर्न पो माग गर्दैछिन् यी कम्युनिष्ट सांसद । तस्बिर : फाइल तस्बिर

मलकलकिरी जुनकिरी फेमकी गाियका समेत रहेकी सेलिब्रेटी राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजा खुला गर्न माग गरेकी छिन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद ओलीले बिहीबारको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद यस्तो माग गरेकी हुन् । 

उनले विश्वका अरु देशले गाँजालाई सामान्य बनाइसकेको अवस्थामा नेपालमा मात्र प्रतिबन्ध लगाउन उपयुक्त नभएको जिकिर गरेकी थिइन् । उनको भनाइ थियो- ‘विश्वका अन्य देशमा गाँजा छुट छ, यहाँ मात्र किन प्रतिबन्ध ? पशुपति क्षेत्रमा धार्मिक हिसाबले पनि गाँजामा रोक लगाउनु हुन्न।'

सांसद वलीको मागलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले ठाडै अस्विकार गरे । उनले भने- युवामा नकारात्मक प्रभाव पर्ने भएकाले प्रतिबन्ध गरिएको हो । भगवानालाई गाँजा, भाङ धतुरो नै चाहिन्छ भन्ने कुरा गलत हो । 

पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा समेत गाँजामाथि रोक लगाउँदै आएको छ । तर, लुकीचोरी भने पशुपति क्षेत्रमा गाँजाको प्रयोग तथा बिक्री बढ्दै आएको स्थानीयले बताउँने गरेका छन् । 

प्रकाशित मिति: : 2019-06-21 01:06:52

प्रतिकृया दिनुहोस्