‘कलंक’ फिल्म ‘फ्लप’ भएपछि वरुणले भने– देखाउन लायक थिएन

तस्बिरः एजेन्सी

माधुरी दीक्षित, आलिया भट्ट, वरुण धवन, सञ्जय दत्त, आदित्य रोय र कुणाल खेमु जस्ता मल्टिस्टारहरूलाई सहभागी गराएर करण जोहरले फिल्म ‘कलंक’ बनाएका थिए। फिल्म १७ अप्रिलमा रिलिज पनि भएको थियो।

तर, फिल्मले यति कमजोर प्रदर्शन गर्यो, जसको कल्पना करणले गरेका पनि थिएनन् होला! फिल्म रिलिज भएको २ महिनापछि वरुण धवनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘फिल्म देखाउन लायक पनि थिएन।’

वरुणले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘फिल्म दर्शकलाई मन परेन। यसले मलाई निकै प्रभावित पारेको छ।’

उनले ‘कलंक’ फिल्म आफ्नो करिअरको लागि ठूलो शिक्षा भएको पनि बताए। वरुणको यो पहिलो ‘फ्लप’ फिल्म थियो। ‘फिल्म फ्लप हुँदा पर्ने असरको विषयमा अनुभव गर्न पाए,’ उनले भने।

वरुण नयाँ फिल्म ‘स्ट्रीट डान्सर’ को तयारीमा छन्।

प्रकाशित मिति: : 2019-06-18 13:30:06

प्रतिकृया दिनुहोस्