जेम्स बोन्डको १९६५ मोडलको कार लिलामीमा

Agency

शीन कोनरीले हलिउडको चर्चित ‘जेम्स बोन्ड’ शृंखलामा कुदाएको ‘अस्टन मार्टिन डिबि५’ कारमा हुइँकिने सपना धेरैले पालेका होलान? यो रहर अब सत्य सावित हुँदैछ। किनभने आउँदो अगष्टमा हलिउडको चर्चित फिल्मी शृंखला जेम्स बोन्डको १९६५ मा बनेको ‘अस्टन मार्टिन डिबि५’ कार लिलाम हुँदैछ।

कोनरीले ‘गोल्डफिङ्गर’ र ‘थन्डरबल’ मा यो कार कुदाएका थिए। लिलामीमा कारले ४० लाख अमेरिकी डलर पाउने आशा गरिएको छ। ‘अस्टन मार्टिन’ कार ‘जेम्स बोन्ड’ शृंखलाका लागि ६० को दशकमा निमार्ण गरिएको तीन वटा कारमध्ये पर्छ। कारमा प्वाइन्ट ३० क्यालिबरको मेशिन गन र पहाड चढ्न सक्ने टायर जडान गरिएको थियो।

कारको लिलामी ‘आरएम साउथबाई अक्सन’ ले गर्दैछ। कारको पहिलो लिलामी सन् १९६९ मा भएको थियो। जब एक जना संग्रहकर्ताले यो कार खरिद गरेका थिए। पछि दि स्मोकी माउन्टेन कार म्युजियमले यसलाई खरिद गर्दै ३५ वर्ष अमेरिकाको टेनिसीमा सार्वजनिक गर्दै आइरहेको थियो।

प्रकाशित मिति: : 2019-06-17 16:35:06

प्रतिकृया दिनुहोस्