ऋषि कपुर क्यान्सर मुक्त, जन्मदिन मनाउन घर फर्किने

तस्वीरः एजेन्सी

बलिउडका पूर्व स्टार ऋषि कपुर क्यान्सर मुक्त भएका छन्। अहिले उनी चिकित्सकहरूको रेखदेखमा रहेको भारतीय अखबारले पुष्टी गरेको छ। उनी अमेरिकाको न्युयोर्कस्थित प्राइभेट अपार्टमेन्टमा बसोबास गर्छन्।

ऋषि कपुरको उपचार गत डिसेम्बरदेखि अमेरिकामा भइरहेको थियो। पारिवारीक श्रोतका अनुसार उनी ४ सेप्टेम्बरमा आफ्नो ६७ औं जन्मदिन मनाउन भारत फर्किदैछन्।

ऋषिले पनि यसको पृष्टी गर्दै भने, ‘हो म अगष्टमा भारत फर्किने तयारीमा छु। चिकित्सकको निर्णयको पर्खाइमा छु। म ठिक भइसके।’

न्युयोर्कमा उपचारार्थ रहँदा ऋषिको हालखबर बुझन् शाहरुख खान, आमिर खान, दीपिका पादुकोण,जावेद अख्तर, प्रियंका चोपडा, मुकेश अम्बानी र निता अम्बानी पुगेका थिए।

ऋषिको न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भएको थियो। ऋषि क्यान्सर मुक्त भएको खबर सबैभन्दा पहिले उनका साथी तथा फिल्ममेकर राहुल रवेलले दिएका थिए। ऋषि ८ महिनादेखि अमेरिकामा छन्।

प्रकाशित मिति: : 2019-06-17 13:00:10

प्रतिकृया दिनुहोस्