बलिउड अभिनेत्री तनुश्रीले भनिन्, ‘मुम्बई पुलिस भ्रष्ट’

तस्वीरः एजेन्सी

बलिउड अभिनेत्री तनुश्री दत्ताले मुम्बई पुलिस भ्रष्ट भएको आरोप लगाएकी छिन्। विश्वभरी भलिरहेको ‘मि टु’ अभियानमा समावेश भएकी तनुश्रीले बलिउडका बरिष्ठ अभिनेता नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन।

तनुश्रीले सन् २००८ मा ‘हर्न ओके प्लिज’ मा अभिनय गर्ने क्रममा नानाले आफूलाई गलत नियतले छोएको आरोप लगाएकी थिइन।

उनले मुम्बई पुलिसमा नानाविरूद्ध यौन उत्पीडनको उजुरी दर्ता गरेकी थिइन। मुम्बई पुलिसले गत मंगलबार नानामाथि लगाइएको आरोपमा तथ्य नभेटिएको बयान दिएको थियो।

मुम्बई पुलिसको आधिकारीक भनाई बाहिरलगत्तै तनुश्रीले असन्तुष्टी जाहेर गरेकी थिइन।

उनले भनिन्, ‘मुम्बईको भ्रष्ट प्रहरीले यस्तो भ्रष्ट मानिस (नाना पाटेकर) लाई क्लिन चिट दिएको छ, जसमाथि थुप्रै महिलासँग यौन उत्पीडन गरेको र उनीहरूलाई धम्काएको आरोप छ।’

प्रकाशित मिति: : 2019-06-14 11:16:11

प्रतिकृया दिनुहोस्