आमिर खानकी छोरी इराले भनिन्, ‘हो मेरो अफेयर छ’

तस्वीरः एजेन्सी

बलिउड स्टार पुत्रीहरूको डेटिङको खबर अनौठौ होइन। तर, यतिबेला बलिउड स्टार आमिर खानको छोरीको डेटिङको खबरले धेरैलाई चकित तुल्याएको छ। 

आमिरकी छोरी इरा खान केही समयदेखि एक जना केटासँग खुब घुमफिर गरेको देखिएकी थिइन। यी दुईजनाको विषयलाई लिएर थुप्रै अड्कल पनि काटिएको थियो।

तर, अहिले इराले स्वयम् स्विकार गरेकी छिन्, केही समयदेखि सँगै देखिएका मिशाल कृपलानीसँग उनको अफेयर छ।

उनले सोशल मिडियामा एउटा फ्यानको प्रश्नको उत्तर दिँदै मिशालसँगको फोटो नै सेयर गरेकी थिइन।

मिशाल संगीतकार हुन्। इराले यसअघि भेलेन्डाइनमा मिशालले पियानो बजाउँदै गरेको एउटा गीत पोष्ट गरेकी थिइन। मिशालले पनि आफ्नो ट्वीटर अकाउन्टमा इरासँग खिचेको थुप्रै फोटो शेयर गरेका छन्।

प्रकाशित मिति: : 2019-06-12 22:49:28

प्रतिकृया दिनुहोस्