सलमान अब ‘मुन्ना बदनाम हुवा’ मा

तस्वीरः एजेन्सी

बलिउडको चर्चित आइटम गीत ‘मुन्नी बदनाम हुई’ को अपार सफलतापछि ‘मुन्ना बदनाम हुवा’ सार्वजनिक हुने भएको छ। यो आइटम गीतमा पनि सलमान खान देखा पर्दैछन्। 

‘भारत’ को अपार सफलतापछि बलिउडका दबंग सलमान खान ‘दबंग ३’ मा काम गर्दैछन्। यही फिल्ममा उनी वरीना हुसेनसँग ‘मुन्ना बदनाम हुवा’ आइटम गीतमा डान्स गर्दै गरेको देखिने छन्।

सलमानलाई यो गीतमा कोरियोग्राफर वैभव मर्चेन्टले नचाउने छिन्। सुरुमा यो गीतमा मौनी रोयले डान्स गर्ने बताइएको थियो। तर, अन्त्यमा ‘लवयात्री’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी वरीनाले मौका पाइन्। सलमान लामो समयपछि आइटम डान्समा देखापर्न लागेका हुन्।

प्रकाशित मिति: : 2019-06-12 07:16:02

प्रतिकृया दिनुहोस्