अमिताभपछि अदनान सामीको ट्वीटर ह्याक

तस्वीरः एजेन्सी

बलिउडका महानायक अमिताभ बच्चनपछि गायक अदनान सामीको ट्वीटर अकाउन्ट पनि ह्याक भएको छ। 

सोमबार राती अमिताभको ट्वीटर ह्याक भएको थियो। उनको ट्वीटर टर्कीका ह्याकरले ह्याक गरेका थिए।

अदनानको ह्याक पनि टर्कीकै ह्याकरले गरेको हुन सक्ने शंका गरिएको छ। अमिताभ झै अदनानको ट्वीटर अकाउन्टबाट उनको फोटो हटाएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो पोष्ट गरिएको छ।

र पोष्टमा लेखिएको छ, ‘मेरो अकाउन्ट ह्याक भयो। कृपया मलाई सहयोग गर्नुहोला।’ अमिताभको अकाउन्ट मंगलबार बिहान खोलिएको थियो। लगत्तै अदनानको अकाउन्ट ह्याक भयो।

प्रकाशित मिति: : 2019-06-11 18:34:10

प्रतिकृया दिनुहोस्