ख्याती प्राप्त कलाकार गिरीश कर्नाड रहेनन्

तस्वीरः एजेन्सी

भारतका ख्यातीप्राप्त कलाकार गिरीश कर्नाडको ८१ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिए। उनको निधन शरीरको प्रायः सबै अंकले काम गर्न छोडेपछि भएको अस्पतालले बताएको छ। उनको निधन बेङ्लुरुको अस्पतालमा भयो। 

सन् १९३८ को मे १९ मा जन्मिएका कर्नाड भारतका ख्याती प्राप्त लेखक, अभिनेता, फिल्म निर्देशक र नाटककार हुन्। उनको जन्म भारत स्वतन्त्र हुनुपूर्व महाराष्ट्रको माथेरानमा भएको थियो। पछि यो कर्नाटकामा गाभियो।

कर्नाटका बुवा डाक्टर थिए भने आमा नर्स थिइन। बुवाको निधन भएपछि आमाले दोस्रो विवाह गरेकी थिइन। त्यतिबेला श्रीमानको निधन भएकी महिलाले विवाह गर्ने कल्पना पनि गरिदैन्थ्यो।

कर्नाड छात्रबृत्ति पाएर बेलायतको अक्सफोर्डमा पढ्न गएका थिए। उनी अक्सफोर्डको विद्यार्थी संगठनको अध्यक्ष पनि निर्वाचित भएका थिए। अक्सफोर्डको डिग्रीका कारण उनलाई युरोप तथा अमेरिकालगायत संसारको कुनै पनि कुनामा गएर काम गर्ने सुविधा थियो।

तर, उनी आफ्नै गाउँ कर्नाटका फर्किएका थिए।
भारत स्वतन्त्रतापछि उनको आवाजलाई समग्र भारतको आवाज मानिन्थ्यो। उनी पद्यम भूषण, पद्यम श्री र ज्ञानपीढ पुरस्कारबाट सम्मानित थिए।

 

प्रकाशित मिति: : 2019-06-10 22:38:39

प्रतिकृया दिनुहोस्