नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को तयारी पूरा, जुन २८ मा उद्घाटन

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ पत्रकार मेटघाट कार्यक्रमका सहभागीहरू । तस्विर : विजय थापा

अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा यही जुन २८ देखि ३० सम्म ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण आयोजना हुदैछ । नेपाल अमेरिका फिल्म सोसाइटी आयोजक रहेको महोत्सवको तयारी पूरा भएको छ । 

यसको घोषणा आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष तथा फेस्टिवल डाइरेक्टर पूर्णसिंह बराइलीले एक पत्रकार भेटघाट कार्यक्रममार्फत् गरे ।

महोत्सव निर्देशक बराइलीका अनुसार तीन दिवशीय महोत्सवको उद्द्दाटन नेपाली चलचित्र बुलबुलबाट हुनेछ । जुन २८ शुक्रबार साँझ ६:३० बजेदेखि रेडकार्पेटसहितको उद्घाटन कार्यक्रम मेरिल्याण्डको सिल्भर स्प्रिंगमा आयोजना हुने छ। यही हलम महोत्सवमा सहभागी चलचित्र प्रदर्शन गरिनेछन् ।समापन समारोह चाँहि  जुन ३० मा मेरिल्याण्डको ह्यातस्भिलमा आयोजना हुने छ। समापन समारोहमा उत्कृष्ट चलचित्रहरूलाई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको छ ।

महोत्सवमा नेपालबाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वका विभिन्न मुलुकका विविध विधाका ३४ चलचित्र प्रदर्शन गरिने छन् । महोत्सवमा चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्रकर्मीबीच छलफल समेत गरिने फेस्टिवल डाइरेक्टर बराइलीले जानकारी दिए ।

महोत्सवको मानार्थ सभापति चलचितत्रकर्मी नवीन सुब्बा रहने छन् । उनी महोत्सवका लागि नेपालबाट आइसकेका छन् । पत्रकार भेटघाट कार्यक्रमलाई सुब्बाले पनि सम्बोधन गरेका थिए । 

पत्रकार भेटघाट कार्यक्रममा गीतकार डा अनुप पहाडी, ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल, सञ्चारकर्मी परशुराम भण्डारी र डीबी सागरलगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा डीसी मेट्रो क्षेत्रका प्रतिनिधि पत्रकार-नेता, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालकर्मी, विभिन्नाखाले अभियन्ताको उपस्थिति थियो । 

प्रकाशित मिति: : 2019-06-10 10:25:53

प्रतिकृया दिनुहोस्