अस्ट्रेलियामा वर्षाको रिलको हैन, रियलको 'जात्रैजात्रा' हिट !

यो हो वर्षाको रिलको हैन, 'रियल' को जात्रैजात्रा । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

अस्ट्रेलियामा जात्रैजात्रा देखाउन गएकी नायिका वर्षा राउत आफैं गाइजात्रे भएको तस्बिर भाइरल भएको छ। 

पेज थ्री जर्नालिज्मको भाषामा भन्दा उनी वार्डरव माल फंक्सनकी शिकार भएकी छिन्। उनी जानी जानी भएकी हुन् कि अञ्जानमा भएकी हुन्- त्यो त उनी नै जानुन् । तर, फोटोमा उनको नन भर्वल कम्युनिकेसनले जानी जानी नै जात्रा देखाइरहेको जस्तो लाग्छ। 

उनको जामाले लाजका गहनाहरूको इज्जत गरेको देखिदैन। हुन त सेलिब्रेटीको संसारमा यस्तोलाई हट अवतार भनिन्छ क्या रे। तर, हटअवतारका नाममा आफू सामाजिक प्राणी पनि हुँ भन्ने चाँहि बिर्सनु हुदैन। 

मानिसहरू भन्छन्- श्लील र अश्लील हेर्ने दृष्टिकोण हो।अमूर्त कुरा गर्दा हो पनि तर यो त मूर्त कुरा हो।त्यसैले वर्षाको यो एक किसिमको प्रदर्शनलाई हर्कत नै भन्नुपर्छ। उनले जे जसरी प्रस्तुत गरेकी छिन्, कलात्मकता पनि छैन। यस अर्थमा यसलाई श्लील प्रस्तुति भन्न सकिन्न।

हुन त पश्चिमा समाजमा निप्पल मात्रै छोपेर बाँकि देखाएकोलाई पचाउने गरिएको छ। तर, वर्षाले अस्ट्रेलिया पुगे भन्दैमा त्यति धेरै छुट लिइहाल्न सक्दिनन् होला। 

वर्षालाई यो वार्डरब मालफंक्सनले कति सहयोग गर्ला त्यो त समयजातैफ बताउला, यो हर्कतले जात्रैजात्राको इनिसियल भन्ने हान्ने देखिन्छ। हुन त हिजोआज मदनकृष्ण हरिवंशले पैसाका लागि बासी दालभात तरकारी बेचिरहेका छन् भने उनका चेलाचपेटाले जात्रैजात्रा चलाउन बर्षालाई नै साउन देखाउन लगाएका पनि हुन सक्छन्। राम जाने। 

 

 

प्रकाशित मिति: : 2019-06-01 10:07:51

प्रतिकृया दिनुहोस्