सलमानको ‘बिग बोस’ मा कटरिना नभए आलियालाई ल्याउने तयारी

Photo: Agency

भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘बिग बोस’ सिजन १३ को उद्घोषण सलमान खानसंगै कटरिना कैफ वा आलिया भट्टले गर्न सक्ने सम्भावना रहेको छ।

भारतीय अखबारका अनुसार कटरिना अहिले सलमानसंग निकै नजिक छिन्। उनी मुस्लीमहरुको पवित्र चाड इदको अवसरमा रिलिज हुने चलचित्र भारतमा सलमानसंग देखा पर्दैछिन्।

सलमान र कटरिनाको जोडी मिल्ने कारण पनि उनको विषयमा अड्कल लगाइएको हो। भारतीय अखबारको दावी अनुसार कार्यक्रमका निर्मातासंग सलमानले विशेष रुपमा कुरा गरेका छन्।

आफ्नो कार्यक्रममा पुरुषसंगै महिला प्रस्तोतालाई पनि सहभागी गराउन सलमानले सुझाव दिएको बताइएको छ। यसले कार्यक्रममा सुनमा सुगन्ध ल्याउने सलमानको भनाई छ।

आलिया अहिले युवाहरुको ढुकढुकी भएका कारण निर्माताहरु आलियामा केन्द्रित छन्। आलिया सञ्जय लिला भन्सालीको इंशाअल्लाहमा सलमानसंग काम गर्दैछिन्। टेलिभिजन च्यानलले भने यसको पुष्टी गरिसकेको छैन।

प्रकाशित मिति: : 2019-05-30 14:50:18

प्रतिकृया दिनुहोस्