अभिनेत्री सोनालद्धारा क्रिकेटर राहुलसँग ‘अफेयर्स’ अस्विकार

तस्वीरः एजेन्सी

बलिउड अभिनेत्रीसँग भारतीय क्रिकेटरहरूको प्रेम–सम्बन्धको विषय नौलो होइन। तर, पछिल्लो समय केएल राहुल र सोनाल चौहानको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको छ।

यसै सम्बन्धमा आफ्नो पक्ष राख्न सोनाल सार्वजनिक भएकी छिन्। राहुल हाल भारतको विश्व कप टोलीमा समावेश छन्। उनले बंगलादेशविरूद्ध दोस्रो अभ्यास खेलमा सतक बनाएका थिए।

उनको उत्कृष्ट प्रदर्शन लगत्तै सोशल मिडियामा उदाएकी सोनालले राहुलसँग आफ्नो त्यस्तो कुनै सम्बन्ध नभएको बताएकी छिन्।

उनले राहुल प्रतिभावान क्रिकेटर भएको र उनीसँग आफ्नो राम्रो सम्बन्ध मात्र भएको स्पष्ट पारेकी छिन्। सोनालसँग राहुलको सम्बन्धलाई लिएर मिडियाले समाचार बनाएका थिए।

तर, सोनालले यसलाई अस्विकार गरेकी छिन्। यसअघि भारतीय कप्तान विराट कोहलीसँगको अफेयर्सलाई लिएर अनुश्का शर्माले पनि यस्तै प्रतिक्रिया दिँदै आइरहेकी थिइन। तर, कालान्तरमा उनीहरू दुवैले विवाह गरेका थिए।

भारतीय क्रिकेटरसँग हेजल किच, गीता बसरा र सागरिका घाटगे जस्ता बलिउड कलाकारसँग विवाह भइसकेको छ। ३४ वर्षीय सोनालले जन्नत फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन। उनले सन् २००५ मा ‘मिस फेमिना इन्डिया वल्र्ड टुरिजम’ को उपाधि जितेकी थिइन।

प्रकाशित मिति: : 2019-05-30 10:09:53

प्रतिकृया दिनुहोस्