शिव परियारको ‘एक चुम्बन’ मा स्वस्तिमा खड्का र डान्स प्लसका उप-बिजेता सुजन मार्पा तामाङ

तस्बिरः बिएल

गायक शिव परियारको नयाँ गीत ‘एक चुम्बन’ को भिडियो सार्वजनिक भएको छ।

डान्सिङ फ्लेवरको सार्वजनिक गीत ‘एक चुम्बन’ लाई गायक  शिव परियारले नै संगीत दिएका हुन्। गीतमा श्वेता मैनालीको शब्द तथा बिजेस्वर राज तन्डुकारको संगीत छ।

गीतको म्युजिक भिडियोमा नायिका  स्वस्तिमा खड्का र  सुजन मार्पा तामाङको अभिनय छ। इन्डियन रियालिटी सो डान्स प्लसमा आफ्नो अमुक डान्स  प्रदर्शन गरेर भारतीय र नेपाली दर्शकहरु माझ अत्यन्त चर्चामा रहेका  डान्स प्लसका उप-बिजेता सुजन मार्पा तामाङले कोरियोग्राफी तथा निर्देशन गरेको ‘एक चुम्बन’ गीतलाई  म्युजिक भिडियो पनि गीत जस्तै  निकै रमाइलो र फरक तरिकाले निर्माण गरिएको छ।

गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन्। नेपाली म्युजिक भिडियोको  दुनियाँमा फुल क्रोमा सुटिङ गरिएको यस भिडियोलाई विकास ज्ञवालीले  थ्रीडी एनिमेसनसहित ग्राफिक्स गरेका हुन्।

गीतको म्युजिक भिडियोलाई बजारमा आइरहेको म्युजिक भिडियो भन्दा फरक तरिकाले निर्माण गरिएको  छ। ‘एक चुम्बन’ गीत श्वेता मैनालीको एकल शब्द तथा शिव परियारको एकल गायन र संगीत रहने  शिव परियारको १२ औ सांगीतिक संग्रह ‘शिवालय भाग २' मा  समाबेश छ।

गीतलाई शिव परियारको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।

हेर्नुहोस् गीत यस्तो छ।

प्रकाशित मिति: : 2019-05-18 10:44:33

प्रतिकृया दिनुहोस्