कियाराले भनिन्– मैले प्लास्टिक सर्जरी गरेको छैन

तस्वीरः एजेन्सी

बलिउड अभिनेत्री कियारा आडवाणी केही दिन अगाडि एउटा समारोहमा उपस्थित भएकी थिइन्। उनी सहभागी समारोहको फोटो अहिले सोशल मिडियामा अत्याधिक ट्रोल भइरहेको छ।

उनलाई पछ्याइरहेका व्यक्तिले उनले प्लास्टिक सर्जरी गरेको प्रतिक्रिया दिँदै ठट्टा गरेका छन्। सोशल मिडियामा आफ्नो अनुहारको मजाक बन्न थालेपछि कियाराले प्रतिक्रिया दिँदै आफूले सर्जरी नगरेको स्पष्टीकरण दिएकी छिन्।

उनले एक प्रोडक्टको प्रमोशनका लागि हतारमा जानुपर्ने भएका कारण आफैले मेकअप गरेको बताइन।

उनले आफूलाई यसअघि राम्रो मेकअप गर्छु भन्ने लागेको तर फोटोको विषयमा प्रतिक्रिया आउन थालेपछि आफैलाई गल्ती अनुभव भएको बताइन।

उनले आफ्नो ‘हाई चिकबोन’ नत्र ‘हाइलाइटर’ बढी लगाएका कारण प्लास्टिक सर्जरी जस्तो देखिएको दावी गरिन्।

कियारा छिट्टै शाहिद कपुर अभिनित ‘कबीर सिंह’ फिल्ममा देखा पर्दैछिन्। उनी २०१४ देखि बलिउडमा क्रियाशील छिन्। उनको पहिलो फिल्म ‘फगली’ थियो। भारतीय क्रिकेटका पूर्व टेस्ट कप्तान महेन्द्रसिंह धोनीको जीवनीमा आधारित फिल्ममा पनि उनले अभिनय गरेकी थिइन। यही फिल्मपछि उनको चर्चा चुलिएको थियो।

प्रकाशित मिति: : 2019-05-15 11:35:17

प्रतिकृया दिनुहोस्