इन्स्टाग्राममा ४ करोडले पछ्याउँछन् प्रियंका चोपडालाई

तस्वीरः एजेन्सी

बलिउड अभिनेत्री प्रियंका चोपडाको सोशल मिडिया साइट इन्स्टाग्राममा ४ करोड फलोअर्स नाघेको छ। यो विशेष अवसर मनाउन उनले एउटा भिडियो म्यासेज पनि पोस्ट गरेका छन्।

उनले आफ्नो फ्यानलाई ‘फ्लाइङ किस’ समेत दिएकी छिन्। प्रियंका बलिउडमा सबैभन्दा बढी पछ्याउने नायिका हुन्। उनीपछि दोस्रो नम्बरमा दीपिका पादुकोण छिन्। दीपिकाको इन्स्टाग्राममा ३ करोड ५ लाख फलोअर्स छन्।

आलिया भट्टको पनि फलोअर्स तीन करोडको हाराहारीमा छ। मनोरञ्जनको दुनियामा सबैभन्दा बढी फलोअर्स भएको सेलिब्रिटी हलिउडकी पप गायिका एरियाना ग्रान्डे मानिन्छिन्। उनको इन्स्टाग्राममा १५ करोड बढी विश्वव्यापी फलोअर्स छन्।

प्रकाशित मिति: : 2019-05-15 11:24:29

प्रतिकृया दिनुहोस्