सारेगमप लिटल च्याम्प्स : प्रितम र आयुष पुगे टप ९ मा

भारतीय टेलिभिजन च्यानल जीटीभीमा जारी वाल-गायन रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’मा नेपालका दुई वालप्रतिभाले उपाधिको सशक्त दावेदारी प्रस्तुत गर्दै आएका छन्।

 भक्तपुर ठिमीका आयुष केसी र इटहरीका प्रितम आचार्य सप्ताहान्तमा उत्कृष्ट प्रस्तुतिसहित टप ९ मा पुगेका छन्।

 प्रितम आचार्यको चञ्चलता र आयुशको निश्चलताले सारेगमको मञ्चमा नेपालको शान बढेको छ। त्यहाँ उनीहरूलाई हरेकले नेपालबाट आएका प्रतिभाका रूपमा इज्जत दिएका छन्। उनीहरूले पनि नेपाली शान र मानमा कुनै कमी हुन दिएका छैनन्। उनीहरूले कार्यक्रमका अतिथि, जज र जुरीसहित भारतीय सेलिब्रिटीहरूको पनि मन जितेका छन्।

 सिन्धुपाल्चोकका आयुष केसी भक्तपुर ठिमीमा बस्छन्। उनी १२ वर्षका हुन् । उता, ११ वर्षीय प्रितम इटहरीका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: : 2019-05-13 02:45:30

प्रतिकृया दिनुहोस्