न्युयोर्कमा 'कथा नालापानीको'

नेपालीको अद्भूत युद्ध कौशलको गाथा बोकेको बृत्तचित्र 'कथा नालापानीको' अमेरिकाको न्युयोर्कमा सार्वजनिक प्रदर्शन भएको छ। एनआरएनए न्युयोर्क च्याप्टरको आयोजनामा वृतचित्रको तीन शो भएको थियो।

वृतचित्र निर्माणको संयोजक रहेका सञ्चारकर्मी हरिशरण लामिछाने पनि वृतचित्र प्रदर्शनीमा सहभागी भएका थिए।उनले वृतचित्र निर्माणको गर्भ बताएका थिए।उनका अनुसार नालापानी युद्घ किन र कसरी भएको थियो भन्ने बारेमा दुई वर्षभन्दा बढी समय अध्ययन गरेर बृत्तचित्र तयार गरिएको हो।   

नालापानीको युद्धमा नेपालीहरू बेलायती सेनासँग पराजित भएका थिए।के भएको थियो त्यो लडाईंमा ? अनि जितेर पनि बेलायतले नेपालमा आफ्नो साम्राज्य फैल्याउने ऑट किन गर्न सकेन? किन भयो बहुचर्चित सुगोली सन्धी? यिनै प्रश्नहरूको उत्तर 'कथा नालापानीको' ले दिने पनि वृतचित्र संयोजक लामिछानेले बताए। 

अमेरिकाको टेक्सास, बाल्टीमोर,भर्जिनियालगायतका राज्यमा पनि बृत्तचित्र प्रदर्शन गरिने बताउँदै लामिछानेले मे २५ र२६ तारिख पुन: न्युयोर्कमा प्रदर्शन गरिने जानकारी लामिछानेले दिएका थिए।

न्युयोर्कमा बसोवास गरेका विभिन्न पेशा तथा समुदायका व्यक्तिहरूको सहभागिता थियो।अन्तर्राष्ट्रिय स्तरको चलचित्र निर्माणका लागि यो बृतचित्र एउटा गतिलो खुराक भएको सहभागीरूले बताएका थिए।

 

 

प्रकाशित मिति: : 2019-05-05 21:40:29

प्रतिकृया दिनुहोस्