नाडालको विवाहमा आगन्तुकको मोबाईल लकरमा

Agency

टेनिस स्टार राफायल नाडालको विवाहमा एउटा रोचक घटना भएको छ। स्पेनका टेनिस स्टारले गत शनिबार लामो समयदेखि सम्बन्धमा रहेकी प्रेमिका सिस्का पेर्लोसँग मर्लोकामा विवाह गरेका थिए।

यति बेला उनको विवाहमा उपस्थित हुन ३ सय जनालाई बोलाइएको थियो। तर, उनीहरू कसैले पनि नाडालको विवाहको फोटो खिच्न पाएनन्। त्यसको कारण हो, उनको विवाहमा उपस्थिति हुने सबैको मोबाईल बैवाहिक कार्यक्रममा उपस्थित हुनुअघि लकरमा राख्न अनुरोध गरिएको थियो।

नाडालको विवाहमा अफिसियलबाहेक अरुलाई फोटो खिच्न मनाही गरिएको थियो। ३३ वर्षीय नाडालले १४ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी ३१ वर्षीय पेर्लोसँग विवाह गरेका हुन्।

नाडालले सन् २०१८ को मेमा इटालीको रोममा छुट्टी मनाउने क्रममा पेर्लोसँग विवाहको प्रस्ताव राखेका थिए।

बैवाहिक कार्यक्रममा नाडालले आफ्ना टेनिस प्रतिद्धन्द्धी तथा साथी रोजर फेडररलाई निम्तो गरेका थिएनन्। तर, फेडररले विवाहका लागि नाडाललाई बधाई दिएका छन्।

प्रकाशित मिति: : 2019-10-25 14:16:54

प्रतिकृया दिनुहोस्