चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणः सम्पूर्ण सुरक्षा व्यवस्था मजबुद

तस्बिरः बिएल

२३ वर्षपछि हुन लागेको चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकारले उपत्यकाको सुरक्षामा उच्च सर्तकता अपनाएको छ। राष्ट्रका सबै सुरक्षा निकायलाई परिचालन गरी सुरक्षामा कुनै कमी नराखेको गृह मन्त्रालयले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई एकिकृत रूपमा परिचालन गरिएको गृहले जनाएको छ। राष्ट्रपति सिको सवारी रूटदेखि उनको बासस्थानमा सुरक्षा ब्यवस्था कडा पारिएको छ।

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमणले क्षेत्रीय सन्तुलन कायम हुनेछ: हिमालय शमशेर (भिडियाे सहित)

‘चिनियाँ राष्ट्रपतिको अपेक्षा ओबिआरको काम द्रुतगतिमा बढोस्ः बिनोद बिष्ट (भिडियाे सहित)

बिहानैदेखि सुरक्षाकर्मीहरू विमानस्थल, राष्ट्रपति सिको सवारी रूट, उनको बासस्थान र चिनीयाँ दूतावास क्षेत्रमा ब्यापक रुपमा परिचालन गरिएको छ।

राष्ट्रपति सिको सुरक्षाको लागि नेपाल प्रहरी मात्र १६ हजार बढी परिचालन गरिएको छ। त्यसै गरी आवश्यक मात्रामा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ। त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि सोही अनुसार परिचालन गरिएको छ।

 राष्ट्रपति सिको उच्च स्तरीय भ्रमणलाई सरकारले विशेष महत्वका साथ हेरेको छ।

यो पनि हेर्नुहोस्- राष्ट्रपति सीको सुरक्षा: विमानस्थलमा कडाई, मोरङमा ५ तिब्बती पक्राउ  
चिनियाँ राष्ट्रपतिको सुरक्षामा खटिएका प्रहरीले तिब्बती नागरिक बसोबास गर्ने क्षेत्र, शरणार्थी क्याम्प र गुम्बालाई निगरानीमा राखेको छ। काठमाडौंसँग जोडिने बिमानस्थलमा समेत सुरक्षा ब्यवस्था कडा पारिएको छ। Details

 

यो पनि- चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको काठमाडौंमा भव्य तयारी (भिडियाे) 

चीनका राष्ट्रपति सी चिनफिङको दुई दिने भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ।Details

प्रकाशित मिति: : 2019-10-12 07:56:20

प्रतिकृया दिनुहोस्