मार्टाको विश्व कप फुटबलमा नयाँ कीर्तिमान, क्लोसलाई पनि उछिनिन्

Agency

ब्राजिलकी स्टार महिला फुटबल खेलाडी मार्टाले विश्व कप फुटबलमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान भंग गरेकी छिन्।

उनले इटालीविरूद्ध खेलमा निर्णायक गोल गर्दे ब्राजिललाई जित दिलाउने क्रममा क्लोसको कीर्तिमान तोडेकी हुन्।

विश्व कप फुटबलमा क्लोसको नाममा सर्वाधिक १६ गोल गर्ने कीर्तिमान थियो। मार्टाले १७ गोल पुर्याएकी छिन्। उनकै निर्णायक गोलका कारण ब्राजिल महिला विश्व कपको प्रि–क्वाटरमा छैटौं पल्ट प्रवेश पनि गरेको छ।

इटाली यसअघि नै प्रि–क्वाटरमा समावेश भइसकेको थियो। मार्टा ६ पल्ट विश्वको उत्कृष्ट खेलाडी घोषित भइसकेकी छिन्। ३३ वर्षिय मार्टाले इटालीविरूद्ध ७४ मिनेटमा पेनाल्टी गोल गरेकी थिइन। प्रि–क्वाटरमा ब्राजिलको भिड्न्त जर्मनीसँग हुनेछ।

फुटबलमा नयाँ कीर्तिमान बनाएपछि मार्टाले भनिन्, ‘यो कीर्तिमान म ती व्यक्तिसँग साट्न चाहन्छु, जसले महिलालाई बराबरीको अधिकार दिलाउने अभियानमा संघर्ष गरिरहेका छन्।’

अन्य खेलमा जमैकालाई ४–१ ले पराजित गर्दै अस्ट्रेलिया प्रि–क्वाटरमा समावेश भयो। अस्ट्रेलियाका लागि चारवटै गोल सेम केरले गरेकी थिइन।

प्रकाशित मिति: : 2019-06-20 17:32:51

प्रतिकृया दिनुहोस्