क्रिस गेललाई वेष्ट इन्डिज टिममा नयाँ भूमिका

वेष्ट इन्डिज क्रिकेट बोर्डले इङ्ल्यान्डमा आयोजना हुने विश्व कप क्रिकेटका लागि क्रिस गेललाई नयाँ भूमिका दिएको छ। ३० मेमा सुरु हुने सन् २०१९ को विश्व कपमा गेललाई वेष्ट इन्डिज टिमको उपकप्तान नियुक्त गरिएको छ।

जेसन होल्डर कप्तान नै रहने छन्। वेष्ट इन्डिज क्रिकेट बोर्डको व्यवस्थापक परिवर्तन भएपछि गेललाई नयाँ भूमिका सुम्पिएको हो।

गेल २०१० मा टिम कप्तान थिए। ३९ वर्षीय गेलको सम्भवत यो अन्तिम विश्व कप हो।

उपकप्तान नियूक्त भएपछि गेलले भने, ‘वेष्ट इन्डिज टिमबाट खेल्नु नै मेरो लागि सम्मानको विषय हो। मेरो लागि यो विश्व कप पनि विशेष छ।’

उनले वरिष्ठ खेलाडी हुनुको नाताले कप्तानलाई सहयोग गर्नु आफ्नो कर्तब्य पनि भएको बताए। ‘मबाट टिमलाई ठूलो आशा छ। म विश्वस्त छु, वेष्ट इन्डिज टिमको शुभचिन्तकका लागि हामीले राम्रो प्रदर्शन गर्छौ,’ उनले भने।

आयरल्यान्डमा हाल भइरहेको त्रिकोणात्मक शृंखलामा विकेटकिपर साई होप टिमको उपकप्तान नियुक्त छन्। गेल भने हाल भारतमा आइपिएल खेल्न व्यस्त छन्। उनको टिम किंग्स इलेभेन पञ्जावले प्लेअफमा स्थान बनाउन सकेन।

होपले जोन क्यामवेलसँग मिलेर आयरल्यान्डविरूद्ध कीर्तिमानी साझेदारी गरेका थिए। गेल विश्व कपअन्तर्गत दक्षिण अफ्रिका र न्युजिल्यान्डविरूद्ध हुन सक्ने अभ्यास खेलमा टिममा समावेश हुन सक्ने छन्। वेष्ट इन्डिजले विश्व कपको पहिलो खेल पाकिस्तानविरूद्ध १ जुनमा खेल्ने छ।

प्रकाशित मिति: : 2019-05-07 15:13:13

प्रतिकृया दिनुहोस्