आइजिपी खनालको अन्तिम खड्गो

फाइल तस्बिरः नेपाल प्रहरी

अब्बल प्रहरी कर्मचारीको छवि थियो सर्वेन्द्र खनालको एसएसपी पदसम्ममा। गम्भीर प्रकृतिको अपराध होस् या शक्तिसम्पन्न हुन् अनुसन्धानको दायरामा तानिहाल्थे।

एक दशकदेखि नसुल्झिएको बडिखेल हत्या अनुसन्धान यीनैले सुल्झाए। नेपाली फुटबलभित्र मौलाएको म्याच फिक्सिङ उदांगो बनाउने, नेपाल आयल निगमका अधिकारीसँग मिलेर उपभोक्ता ठग्ने पम्प सञ्चालक र निगमका अधिकृत पक्राउ गर्ने यीनै थिए।

तर, २ वर्षमै यीनै प्रहरी अधिकारीको निर्णय क्षमता यसरी रसातलमा पुग्यो कि, यी नेपाल प्रहरी संगठनकै सबैभन्दा असफल आइजिपीको सूचिमा दहरिए।

प्रहरी संगठनमा प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेर २८ वर्षको मिहेनतले बनेको उनको अब्बल छवि १८ महिनामै खुइलियो छक्कै पार्ने गरि।

यो पनि हेर्नुहोस्- त्यो शनिबार कहिल्यै आएन

हरेक शनिबारले दुखाइरहन्छ। दाइलाई सम्झाइरहन्छ। दाइलाई फोन गर्न मनलाग्छ। तर मेरो ओठबाट प्र्रस्फुटित हुन सक्दैनन् कुनै शब्दहरु। दाइको नाम उच्चारण गरेर डाको छोडी भन्न मन लाग्छ – तमाम शनिबारहरुको बीचमा त्यो शनिबार कहिल्यै आएन दाइ। Details

प्रहरी महानिरीक्षकको भूमिकामा पुगेपछि उनले २८ वर्षमा बनाएको छवि त धुमिल भयो नै लामो ईतिहास भएको प्रहरी संगठनको विश्वसनियता र साख समेत आफ्नो छवि झै धुमिल बनाए।

चार महिना बिचमा सरकारबाट अप्रत्यासित निर्णय नआए अबको माघ २८ मा अवकास पाउने पक्का छ उनले। यो विचमा उनले न खस्किएको आफ्नो छवि सुधार्न सम्भव छ न संगठनको।

शक्तिकेन्द्रका प्रिय

प्रहरी निरीक्षकदेखि नै रमेश खरेलको पछि पछि बढुवा पाउँदै आएका उनका लागि संगठन प्रमुख बन्ने बाटोमा सबैभन्दा ठूलो बाधक उनै खरेल थिए। एसएसपीसम्मको बढुवामा पनि उनको ब्याजमा खरेलै अगाडि थिए। लोकप्रियतामा पनि खरेलै अगाडि।

यो पनि हेर्नुहोस्- दशैंको टीका अक्टोबर ७ मा कि ८ मा : कहीँ नभएको जात्रा डल्लासमा !

 यस वर्ष त दशैंको टीका नै अक्टोबर ७ मा लगाउने कि ८ मा लगाउने भनेर नेपालीलाई बाँडे । यसमा यहाँका मन्दिरका मूलपुरोहित अक्टोबर ८ भनिरहेका छन् भने अध्यक्ष र पुरोहित अक्टोबर ७ को पक्षमा छन् । त्यसैले त भन्न थालिएको छ- कहीँ नभएको जात्रा डल्लासमा ... त्यो पनि दशैंमा । Details

डिआइजीमा बढुवा हुँदा पनि यही क्रमसंख्या कायम भए उनी एआइजीमै घर जाने पक्का थियो। खरेल यूएन मिसनमा गएका थिए, खनाल अपराध महाशाखामा। राजनीतिज्ञ खरेललाई त्यति रुचाउँदैनथे, खनाल शक्तिकेन्द्र मनाउन खप्पिस।

नेपाली काङ्ग्रेस पृष्ठभूमिका उनी जुन दल आयो त्यसैको निकट भइहाल्थे। गिरिजाप्रसाद कोइराला जिवित रहेसम्म खुल्लमखुल्ला काङ्ग्रेसी भएका उनी कोइरालाको निधनसँगै माओवादी अध्यक्ष पुष्पमकल दाहाल निकट भए।

दाहाल निकट हुन प्रचण्ड पुत्र प्रकाश दाहालले सघाएका थिए। जति प्रयास गरे पनि उनी तत्कालिन एमालेको प्रिय भने हुन सकेनन्। काङ्ग्रेसमा सम्बन्ध म्यानेज गरेकै थिए।

उनको ब्याजबाट काङ्ग्रेसले आइजी बनाए बलियो सम्भावना भएका राजेन्द्रमान श्रेष्ठ प्यारालाइसिस भएर उपचारका लागि अस्पतालै भर्ना हुन पर्‍यो। राजेन्द्र अशक्त भएपछि काङ्ग्रेसमा उनको विकल्प थिएन ।

यो मौकाको राम्रै उपयोग गर्दै खनाल डिआइजी बढुवामा पहिलो नम्बर पाउन सफल भए। एमाले माओवादी सरकारको बेलामा पहिलो नम्बरमा आउन तत्कालिन एकीकृत माओवादीका सुप्रिपो पुष्पकमल दाहाल प्रचण्डको बलियो भूमिका थियो ।

यो पनि हेर्नुहोस्- बयान, प्रतिबयान र महरामाथिको अभियोग

पहिलो पटक 'हाम्राकुरा' भन्ने अनलाइनमार्फत सर्वजनिक भएकी कथित पीडितले यसपटक 'नागरिकन्युज' भन्ने अर्को सञ्चार माध्यमलाई प्रयोग गर्दै आफ्नो अघिल्लो दिनको दावीबाट १ सय ८० डिग्रीको युटर्न लिएकी हुन् । यसरी कथित पीडितले नै आफूले पहिले गरेको दावीलाई छोडेर ती भीआईपीलाई बलात्कारको आरोपबाट उन्मुक्ति दिन चाहेपछि बलात्कारको यो गम्भीर मुद्दा विधिवत् छानबिन बिना नै सामसुम हुने सम्भावना बलियो भएको छ । Details 

एमाले माओवादीको सरकार भत्किएर कांग्रेस माओवादीको बने पनि उनी आइजिपि हुनेमा ढुक्क थिए। तर, निर्वाचनमा एकाएक माओवादी एमाले गठबन्धन बनेपछि उनी हच्किएका थिए। एमाले बलियो भए उनको सम्भावना कम थियो।

निर्वाचनपछि बहुमत प्राप्त एमाले-माओवादी सरकार बनेपछि आइजिपी बढुवामा कल्पनै नगेका पुष्कर कार्की उनको प्रतिष्पर्धी भए। प्रचण्डले फेरि साथ नदिएको भए उनको आइजिको सपना तुहिइसकेको थियो।

ओरालो यात्रा

आइजिपी भएपछि खनालले प्रहरी संगठनको छवि बदल्ने विश्वास उनी आइजि बनेको एकाध महिनामै छर्लङग भयो। कार्यकालको प्रारम्भ संगठनकै सदस्यसँग बदला लिनबाट प्रारम्भ गरे। बदलाको कारण चै आइजि बढुवामा बलियो प्रतिष्पर्धी देखिएका पुष्कर कार्कीसँगको निकटता।

यो पनि हेर्नुहोस्- महरा कृष्णबहादुर त गए : पालो आउला कि अरू 'कृष्ण'को पनि ?

नेपाली राजनीतिका एक हर्कते 'कृष्ण बहादुर' को कृष्णलीला रासलीलामा परिणत भएपछि उनी ढलेका छन् । यस्ता हर्कते 'कृष्णबहादुर उनी एक्ला हैनन्, नेपाली राजनीतिका चप्पा चप्पामा छन् । यो घटनाले अरू 'कृष्णबहादुरहरू' पनि ढल्ने हुन् कि ? गौरीशंकरबाट नापिने समय त्यसको पर्खाइमा उभिएजस्तो देखिन्छ  Details

राम्रा अधिकृत अपराधको बात लागेर जेल समेत बस्न पुगे। आइजिपीको इगो देखेर केहीले राजिनामा दिए। केही सुरक्षित हुन लो प्रोफाइलको पोस्टिङमा गए। सँगठनमा बदमास समूह प्रोत्साहित भए। उनको ओरालो यात्रा यहीबाट प्रारम्भ भयो ।

निर्मला केसले नङ्ग्यायो

३३ किलो सुन तस्करीको अनुसन्धानताका नै आइजिपी खनालको कमजोरी लुकेको थिएन । सरकारले सरकारी छानविन समिति बनाइदिदा उनको कमजोरी छुप्यो।

तर, कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मलाको अनुसन्धानमा संगठन प्रमुखको रुपमा उनले देखाएको कच्चापनले उनको नेतृत्व क्षमता उदांगियो। निर्दोश २ यूवालाई पक्राउ गरेर दोषि देखाउन उनी आफैं खटिएको खुल्यो।

यो घटनाले प्रधानमन्त्री केपी शर्मा ओली उनलाई परिवर्तन गर्ने मुडमा पुगे पनि प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलको पहलमा खड्गो टरेको थियो। विप्लव माओवादीका नेताको इन्काउन्टरपछि भने गृहमन्त्री झस्किएका थिए। सम्पर्क मात्र भएको आधारमा भाइलाई पक्रिएपछि गृहमन्त्री बादल र उनको सम्बन्ध चिसियो।

प्रधानमन्त्री ओली प्रारम्भदेखि नै उनीसँग रुष्टै थिए । र छन् पनि।

सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा परेपछि खनालकै ब्रिफिङको आधारमा राजीनामा गराइएको थियो। यो घटनामा महिलाको कोठामा महरा पुगेको खुलेको पनि हो।

तर, घटनाको दिन कोठामा पुगेको प्रहरीले मुचुल्का उठाउने, महिलाको स्वास्थ्य परिक्षण गराउने र मौखिक बयान टिपेर घटना दर्ता पुस्तिकामा चढाउने काम पनि नगरेको खुल्यो उनको असक्षमता पुन: सतहमा आयो।

यो पनि हेर्नुहोस् - नालापानीमा अझै बलभद्रको यादमा गाउँलेहरू शीर उठाउँछन्

जहाँ बलभद्र कुँवर पुग्थे। उनको चर्चा त्यतिनै हुने गर्थ्यो। उनले अंग्रेज फौजलाई तह लगाएको खबर बिभिन्न राज्यहरुमा भुषको आगो सल्के झैँ फैलिरहेको थियो। खबर पञ्जाव केसरी महाराजले थाहा नपाउने कुरै थिएन। एकदिन महाराज रणजित सिंहले आफ्नो फौजमा भर्ना भै काम गर्न अनुरोध गरॆपछि उनी पञ्जाव सेनामा भर्ना भए।Details

प्रहरीले घटना भएको दिन गरेको यही लापरबाहीले अनुसन्धानै अगाडि बढ्न सकिरहेको छैन। यसले प्रधानमन्त्री र गृहमन्त्रीको मनमा खनालको संगठन नेतृत्व गर्ने क्षमतामाथिको शंका थप बलियो बनाइदियो।

अन्तिम खड्गो

अवकास पाउन लामो समय छैन। माघ २८ मा ३० वर्षीय सेवा अवधिको अनिवार्य प्रावधान अनुसार उनको काँधको फुली फुक्लिन्छ। तर, यो विचमै उनको आइजिपीको पद खोसिने जोखिम उत्तिकै छ। यो पालीको खड्गो कार्य क्षमता र अपराध अनुसन्धान भन्दा भ्रष्टाचारसँग जोडिएको छ।

कमसल बुट खरिद, प्रहरीको स्कटिङ बाईक खरिद र लत्ता कपडा खरिदमा अनियमितता गरेको उजुरीको आधारमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनुसन्धानको अन्तिम चरणमा रहेको देखिन्छ।

स्रोतको दाबी सत्य हो भने बुट र मोटरसाइकल खरिदमा बदमासी देखिएको छ।

यसबारे अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले प्रधानमन्त्री ओलीसँग समेत परामर्श गरिसकेका छन्।

यदि अख्तियारले मुद्दा दायर गरे उनी सम्भवत निलम्बनमा पर्नेछन्। बहालवाला आइजिपी विरुद्ध मुद्दा पर्दा संगठन जोडिने भएकाले मुद्दा दर्ता अगाडि नै बर्खास्त या प्रधानमन्त्री कार्यालय सरूवा हुनसक्छ। यस अगाडि सुडान घोटाला केसमा रमेशचन्द ठकुरीविरुद्द मुद्दा जाने भएपछि यसै प्रकृयाबाट रविन्द्रप्रताप शाह आइजिपी भएका थिए।

यी नै घटनाक्रमले दसैंपछि आइजिपी परिवर्तन हुने संकेत देखिएको छ। यो उनको आइजिपीको रुपमा अन्तिम खड्गो हो। यो पार गरे पनि माघमा उनी पूर्व आइजिपी हुने पक्का छ। पूर्व भएसँगै उनी सरकारी निवास छाडेर घर जानेछन्। तर, यो विचमा प्रहरीमाथि बढेको अविश्वास र बदनामी प्रधान कार्यालयमै रहने छ।

दसैंपछि होस् या माघ २८ पछि होस् जो प्रहरी प्रमुख हुनेछन् उनको कार्यकाल खनालको कार्यकालमा थुप्रिएको अविश्वास, बदनामी र शंका हटाउनैमा ब्यस्त हुने पक्का छ।

प्रकाशित मिति: : 2019-10-03 23:10:47

प्रतिकृया दिनुहोस्