एशियन कप ट्राईयाथलनको उपाधि जापानका माकोतोलाई

तस्बिरः बिएल

जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्राईयाथलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन्।

उनले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारे।

उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोस्रो स्थानमा रहेका खेलाडी हुन्। दोस्रो स्थानमा रहेका पोल्याण्डका डान मेसिन्तोशले ५४ मिनट ३४ सेकेन्ड र तेश्रो स्थानमा रहेका दक्षिण कोरियाका जि ह्वान किमले ५५ मिनेट ०२ सेकेन्डमा दूरी पुरा गरे ।

पोखरामा आयोजित च्याम्पियनसिपको महिला तर्फ कोरियाकी य जिन पार्कले १ घन्टा २ मिनेट ५६ सेकेन्डमा साथ स्वर्ण हात पारिन्।

जापानकी कोनामी युसियुदाले १ घन्टा ३ मिनेट ५१ सेकेन्डमा साथ रजत र नाओमी ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डका साथ कास्य पाए।

प्रतियोगितामा नेपालसहितजापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरूषतर्फ १९ र महिलातर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै सातौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप अन्तर्गत नेपालका बशन्त थारुले स्वर्ण हात पारे। उनले १ घन्टा ३ मिनेट ५८ सेकेन्डमा दूरी पुरा गरे।

दोस्रो स्थानमा लोकेश कुमार बाबुजी रहे। उनले १ घन्टा ७ मिनट १३ सेकेन्डमा दूरी पार गरे। तेस्रो स्थानमा रहेका नेपालका नितेश मानन्धरले १ घन्टा ८ मिनेट ३४ सेकेन्डमा दूरी पार गरे।

महिला तर्फ पहिलो र दोस्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुर रहे। मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिनेट ४७ सेकेन्ड समय निकाले। त्यस्तै तेस्रो स्थानमा आएकी नेपालकी सोनी गुरूङले १ घन्टा १८ मिनेट ४९ सेकेन्डको समय लगाईन्।

नेपालका खेलाडीको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा नेपाली सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे। उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनेट १४.३० सेकेन्डमा पुरा गरे।

यस्तै दोस्रो स्थानमा रहेका नेपाली सेनाकाकै खेलाडीले ५७ मिनेट ३७.४७ सेकेन्ड र तेस्रो स्थानमा रहेका एपिएफका किरण कुमार मल्लले ५७ मिनेट ५८.१७ सेकेन्ड लगाए।

महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनेट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनेट ३८.३३ सेकेन्ड र दाङकी अनिषा चौधरीले १ घन्टा २२ मिनेट ०५.०५ सेकेन्डमा साथ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ्गले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति: : 2019-04-27 21:15:29

प्रतिकृया दिनुहोस्