आइपिएलः कलकत्ता, बेंगलोर र राजस्थानका लागि हरेक खेल गर या मरको स्थितिमा, एक खेल हारेमा टोली बाहिरिने

तस्बिरः एजेन्सी

राजस्थानले बिहिबार राति कोलकातालाई हराउँदै प्लेअफ समिकरण रोमाञ्चक बनाएको छ।

१२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थानले ११ खेलबाट चौथो जितसहित प्लेअफ पुग्गे सम्भावना जिवितै राखेको छ।

यो सँगै अंक तालिकामा राजस्थानसँगै समान ८-८ अंक जोडेका कोलकाता र रोयल च्यालेन्जर्स बैंलोर तीनै टोलीका लागि प्लेअफ यात्रा जिवितै रहेको हो। तर बाँकी रहेका तीन खेल कुनै पनि हालतमा जित्दै बाँकी टिमको नतिजामा पनि भर पर्छ।

यी तीन टीमले बाँकी तीन मध्ये कुनै एक खेल गुमाएको खण्डमा प्लेअफ यात्रा टुंगिनेछ।

आईपीएल-१२ मा अहिलेसम्म मात्र एक टिम प्लेअफमा पुगेको छ। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सले ११ खेलबाट ८ जितसहित १६ जोड्दै प्लेअफमा पुगेको हो।

यस्तै १४ अंकसहित दिल्ली क्यापिटल दोस्रो तथा १२ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छन्। यी दुईका लागि प्लेअफ पुग्न केही सहज छ। दिल्लीले एक खेल जितेमा प्लेअफ पुग्नेछ भने मुम्बईले २ खेल जितेमा प्लेअफ पुग्ने पक्का हुन्छ।

यस्तै सनराइज हैदराबाद र किङ्स इलाभेन पञ्जाब समान १०-१० अंकसहित प्लेअफको दौडमा छन्। यी दुई टोलीको स्थिति बैंलोर, कोलकत्ता र राजस्थानभन्दा राम्रो छ।

आइपिएल अंक तालिका

कम्तिमा १६ अंक जोड्ने टोलीले आईपीएल-१२ को प्लेअफ खेल्ने मौका पाउनेछन्। तर यो भन्दा कम अंक भएमा रनरेटका आधारमा प्लेअफ टोली छानिनेछ।

सम्भवतः आईपीएल-१२ मा चार या पाँच टोलीले १४ र यसभन्दा बढी अंक जोड्नेछन्। तीनै मध्येबाट शीर्ष चार टोलीलाई प्लेअफमा छनोट गरिनेछ।

१४ अंक जोड्ने टोली प्ले अफको दौडमा समावेश हुन्छ। कोलकाता, बेंगलोर र राजस्थानले ११-११ खेलबाट ८-८ अंक जोडेको छ। यी तीन टिमले अब ३-३ खेल खेल्न बाँकी छ। जुन टोली आफ्ना तीनै खेल जित्नेछ ऊ प्लेअफको दौडमा सहभागी हुन्छ।तर तीनमध्ये कुनै एक खेल मात्र हारेको खण्डमा प्लेअफको दौडबाट बाहिरिनुपर्ने हुन्छ। यसैले यी तीन टिमका लागि हरेक खेल गर या मर को स्थितिमा हुनेछ।

बाँकी तीन खेल को सँग

कोलकाताले खेल्ने तीन खेलमध्ये २ खेल मुम्बई इन्डियन्ससँग खेल्नुपर्नेछ। अर्को खेल किङ्स इलाभेल पञ्जावसँग खेल्नेछ। राजस्थानले अब दिल्ली, बेंगलोर र हैदराबादसँग खेल्न बाँकी छ। यस्तै बेंगलोरले राजस्थान, दिल्ली र हैदराबादसँग खेल खेल्न बाँकी छ।

प्रकाशित मिति: : 2019-04-26 08:42:38

प्रतिकृया दिनुहोस्