स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ। आइतबार एट्लेटिको बिल्बाओलाई ३-० गोल अन्तरले हराउँदै रियलले सहज जित निकालेको हो।
घरेलु मैदानमा रियललाई जिताउन करिम बेन्जिमाले ह्याट्रिक गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बेन्जिमाले ह्याट्रिक गरेका हुन्।
खेलको ४७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। खेलको ७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।
खेलको ९० औं मिनेटमा बेन्जिमाले गोल थप्दै ह्याट्रिक पुरा गरे।
यो जितसँगै रियलले ३३ खेलबाट ६४ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७७ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडको ६८ अंक छ।