सन्दीप लामिछानेले क्रिश गेलसहित तीन विकेट लिए

तस्बिरः एजेन्सी

सन्दीप लामिछानेले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबविरूद्ध तीन विकेट लिएका छन्।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर लामिछानेले दिल्लीका लागि घरेलु मैदानमा पन्जाबका तीन शीर्ष क्रममा ब्याट्मेटलाई पवेलियन फर्काएका हुन्।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा सन्दीप लामिछानेले पञ्जावका ओपनरद्वय क्रिश गेल,लोकेश राहुल र शाम कुरानको विकेट लिएका हुन्।

पन्जाबबिरूद्ध महंगा भइरहेका सन्दीपले उत्कृष्ट विकेट लिएका हुन्।

सन्दीप पहिलो ओभरमै विकेट लिन सफल भएका थिए। पहिलो ओभरको चौंथो बलमा लोकेश राहुललाई १२ रनमा आउट गरे।

सन्दीपले पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट झार्न सफल भएका सन्दीप दोस्रो ओभरमा महंगो साबित भए। सन्दीपले दोस्रो ओभरमा १६ रन खर्चिए । सन्दीपको यो ओभरमा पन्जाबका क्रिस गेलले ४ चौका प्रहार गरेका थिए।

यस्तै सन्दीपले तेस्रो ओभरमा २ विकेट लिन सफल भए। सन्दीपले तेस्रो ओभरमा ६ रन खर्चिएर २ विकेट लिएका हुन्।

उनले तेस्रो ओभरको दोस्रो बलमा क्रिश गेललाई आउट गरे भने अन्तिम बलमा साम करणलाई शून्य रनमा आउट गरे। गेल ६९ रन बनाएर अक्सर पटेलको हातबाट क्याच आउट भए।

आफ्नो अन्तिम तथा टोलीका लागि १५औं ओभरमा सन्दीपले ७ रन खर्चिए।

प्रकाशित मिति: : 2019-04-20 21:35:30

प्रतिकृया दिनुहोस्